रुपन्देही, ५ साउन । विवादका कारण रोकिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट पारित भएको छ । असार १० गते नगरसभामा प्रस्तुत बजेट नगरसभाले पारित गरेको हो ।
वीरगन्ज, ५ साउन । वीरगन्जको सुख्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठुलो मात्रामा विदेशी चुरोट बरामद भएको छ ।
काठमाडौँ, ५ साउन । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
मोरङ, ४ साउन । बुढिगंगा गाउँपालिका–१ बस्ने १ वर्षीया बालिका अपहरण भएको घटनमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, ४ साउन । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
मोरङ, ४ साउन । विराटनगर महानगरपालिका–९ स्थित ठुलदाइको होटल र सोही महानगरपालिका–३ दुधफारमबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ, ४ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
झापा, ४ साउन । झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आगलागी हुँदा २० लाख २५ हजार बराबरको क्षति भएको छ ।
कैलाली, ४ साउन । कैलालीका थारु समुदायले गाउँघरमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइरहेका छन् । खेतीपातीको काम सकेको खुशीयालीका रुपमा हर्धौवा पर्व मनाउने चलन छ ।
जनकपुरधाम, ४ साउन । जनमत पार्टीले मधेश प्रदेश भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेको छ ।
सिरहा, ४ साउन । सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ ।
काठमाडौँ, ४ साउन । जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशकाअधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे जनाएको छ ।
जनकपुरधाम, ४ साउन । ६० औँ इञ्जिनियर दिवसको अवसर पारेर नेपाल इञ्जिनियर्स एशोसिएशनले वरिष्ठ इञ्जिनियरलाई सम्मान गरेको छ ।
काठमाडौं, ४ साउन । अखिल भारतीय सन्त समिति नेपाल राष्ट्रिय समितिको राष्ट्रिय अध्यक्षमा हिन्दू परिषद्का अध्यक्ष सन्तोष पटेल चयन भएका छन् ।
रूपन्देही, ३ साउन । सिद्धार्थनगर नगरपालिका–३ खजहना बस्ने ५० वर्षीय हरि हरीजनको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
काठमाडौं, ३ साउन । भारतको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटका लागि निर्मित शैक्षिक भवन उद्घाटन गरिएको छ ।
काठमाडौं, ३ साउन । चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।
मधेस प्रदेश, ३ साउन। पूर्वपश्चिम लोकमार्गका साथै बीपी लोकमार्गमा सीसीटिभीबाट निगरानी गर्न थालिएको छ ।
काठमाडौं, ३ साउन । मधेशी आयोगले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा आयोगको शुन्य प्रतिशत बेरुजु कायम भई आयोगलाई सर्वोत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेलेका आयोगका वर्तमान तथा पुर्व कर्मचारीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
रौतहट, ३ साउन । गौर नगरपालिका–४ टिकुलिया बस्ने मलक सिंह चनौ लगायत ४ जनाको फुसको घरमा बिद्युत सर्ट भई आगलागी भएको छ ।
जनकपुरधाम, ३ साउन । अन्नको भण्डारण मानिएको मधेश प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् ।