काठमाडौं, ३१ असार । भारत सरकारले नेपाल सरकारलाई बाढी तथा पहिरो जस्ता विपद्बाट बच्न विभिन्न राहत सामग्रीहरु प्रदान गरेको छ ।

रौतहट, ३१ असार । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—६ बेल्डीमा रहेको आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा पुगेको छ ।

बाँके, ३१ असार । बाँकेका सशस्त्र द्वन्द्वपीडितहरु स्वरोजगारमूलक व्यवसायबाट मनग्ये आम्दानी लिन थालेका छन् ।

विराटनगर, ३१ असार । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेका छन् ।

काठमाडौं, ३१ असार । पछिल्लो समय जनप्रनिधि नै भ्रष्टाचारको आरोपमा मुछिन र पक्राउ पर्न थालेका छन् । तीन तहमध्ये अझै बढी स्थानीय तहमा भ्रष्टाचार मौलाएको विभिन्न अध्ययनहरुले देखाएको छ ।

काठमाडौं, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन् ।

काठमाडौंं, ३० असार । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले वैदेशिक रोजगारको नाममा विदेश पुगेर ठगिएका र त्यहाँ विभिन्न समस्याहरुबाट पीडित मधेशी समुदायका श्रमिकहरुलाई यथाशीघ्र उद्धार गरेर न्याय दिलाउन परराष्ट्र मन्त्री डा.नारायण खड्कालाई आग्रह गरेका छन् ।

कैलाली, ३० असार । कैलालीका केही स्थानीय तह साक्षर घोषणा नहुँदै जिल्लालाई साक्षर घोषणा गरिएको छ । यहाँका चार वटा स्थानीय तह अहिलेसम्म साक्षर घोषणा गरिएका छैनन् ।

रौतहट, ३० असार । निर्णय नमानेको भन्दै गौर नगरपालिकाले १० विद्यालयसँग स्पष्टीकरण मागेको छ। विदाको निर्णय अवज्ञा गरेको भन्दै नगरपालिकाले १० विद्यालयसँग स्पष्टीकरण मागेको हो ।

रुपन्देही, ३० असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ ।

रुपन्देही, ३० असार । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

कपिलवस्तु, ३० असार । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा नगरपालिकाले नै व्यवस्थापन गर्न नसकेको छाडा पशु चौपाया व्यवस्थापनको काममा एउटा टोलका नागरिकको सक्रियतामा सुरु भएको छ ।

बाँके, ३० असार । बाँके प्रहरीले एक सय ६८ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतले जरिवाना र कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

विराटनगर, ३० असार । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संसद् विकास कोषबाट निर्माण थालिएको सेल्फी पुलको योजना विवादित बनेको छ ।

झापा, २९ असार । झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौँ, २९ असार । सरकारले नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ प्रतिनिधि सभामा पेस गरेको छ ।

जनकपुरधाम, २९ असार । २०९औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ ।

काठमाडौं, २९ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तबीच सिंहदरबारमा संवैधानिक निकायलाई सशक्त र प्रभावकारी बनाउने विषयबारे छलफल भएको छ ।

कैलाली, २९ असार । टिकापुर नगरपालिका–९ स्थित खक्रौला चेकपोष्टबाट ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् ।

पर्सा, २९ असार । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा रामेछाप मन्थली नगरपालिका–१४ घर भएका ४२ वर्षीय बाबु घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

कैलाली, २९ असार । कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

काठमाडौँ, २८ असार । मधेश प्रदेशको सहभागिताबिना १२ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

काठमाडौँ, २८ असार । पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

काठमाडौँ, २८ असार । नेपालमा कोरोना भाइरसको सङ्क्रमितको संख्या बढ्दै गएको छ ।

ट्रेन्डिङ