जनकपुरधाम, २० असार । मधेश सरकारले ल्याएको आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल सुरु भएको छ ।

काठमाडौँ, २० असार । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

काठमाडौँ, २० असार । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ ।

काठमाडौँ, २० असार । राष्ट्रियसभाका सांसदहरूले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँ, २० असार । जनता समाजवादी पार्टी नेपालले तीन मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

जनकपुरधाम, २० असार । मधेश प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि छलफल हुन भएको छ ।

जनकपुरधाम, १९ अषाढ । मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बिमा पुनः सुरु भएको छ ।

झापा, १९ असार । भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित तीनलाई पक्राउ गरेको छ ।

पर्सा, १९ असार । मधेश प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ ।

काठमाडौँ, १९ असार । भारत सरकारले नेपालका विविध हितग्राही संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरेको छ ।

धनुषा, १९ असार । मिथिला बिहारी नगरपालिका–१० ठेरा चौक बस्ने जय शंकरनाथ झाको घर र पोली ग्रिन हाउसमा फलामको डण्डीको घर बनाउने क्रममा आगलागीबाट लाखौंको क्षति भएको छ ।

बाँके, १९ असार । बैजनाथ गाउँपालिका–१ हात्तीसारको मोडबाट करिब ३ किलो ५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने धुलो पदार्थ सहित जाजरकोट नलगाड नगरपालिका–३ बस्ने २५ वर्षीय गोपाल रोकायलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी, १९ असार । सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

जनकपुरधाम, १९ असार । किसान तथा सरोकारबालाहरूले हरेक उत्पादनमा अनुदान दिनुपर्ने माग गरेका छन् ।

काठमाडौँ, १९ असार । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले सुरक्षा स्थितिमा चासो देखाएपछि नेपाल आयल निगमले रक्सौल नाकाबाट हवाई इन्धनको आयात बन्द गरेको छ ।

काठमाडौं, १९ असार । विपद्का घटनामा परी पछिल्लो साढे दुई महिनाको अवधिमा नेपालमा १०१ जनाले ज्यान गुमाएका छन् ।

चितवन, १९ असार । चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ ।

काठमाडौं, १९ असार । विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील वीरेन्द्र केएमले सुनसरी क्षेत्र नम्बर २ बाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन् ।

जनकपुरधाम, १९ असार । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ ।

काठमाडौँ, १९ असार । आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जनकपुरधाम, १८ असार । लोक सेवाको परीक्षामा मधेशका महिलाहरुले राम्रो नतिजा ल्याउन नसकिरहेको बेला मधेश सरकारले प्रदेशका ४ सय महिलाहरुलाई लोक सेवा परीक्षाको तैैयारी गराउन थालेको छ ।

वीरगंज १८ असार । लोकतान्त्रिक गणतन्त्र नेपालका महानायक युगपुरुष पूर्वप्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको ९९औं जन्मजयन्तीको अवसरमा फलफूल वितरण गरिएको छ ।

मोरङ, १८ असार । विराटनगर महानगरपालिका–३ बस्ने एक व्यक्तिलाई डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु, १८ असार । शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीया सुशिला थारुको चट्याङ लागेर शनिबार बिहान मृत्यु भएको छ ।

ट्रेन्डिङ