बाँके, १८ असार । कोहलपुर नगरपालिका–११ बसपार्कस्थित सडकमा प्रदेश १–०२००१ ख ९२२९ नम्बरको ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
सर्लाही, १८ असार । कबिलासी नगरपालिका–१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
बाँके, १८ असार । नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित युवक पक्राउ परेका छन् ।
मोरङ, १८ असार । आफ्नै श्रीमती ३१ वर्षीया बबिता मल्लिकको हत्या गरेको अभियोगमा रंगेली नगरपालिका–१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया, १७ असार । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ, १७ असार । गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुनेगरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
महोत्तरी, १७ असार । जिल्लाको मटिहानी नगरपालिकाले नेपाल पत्रकार महासंघ मधेश प्रदेशको पत्रकार कल्याण कोषका लागिरु एक लाख प्रदान गरेको छ ।
काठमाडौं, १७ असार । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई विलप्व नेतृत्वको माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कारबाही गरेको छ ।
काठमाडौं, १७ असार । नेपाली फोटो पत्रकारहरूको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन आर्थिक संकलन गर्ने भएको छ ।
काठमाडौं, १७ असार । आगामी प्रदेश र संघको निर्वाचनमा युवावर्गलाई प्राथमिकता दिन आमनेपाली समुदायलाई हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले अपिल गरेका छन् ।
वीरगन्ज, १७ असार । नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन समाजबादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिको बिस्तारित बैठक वीरगन्जमा शुक्रबार सम्पन्न भएको छ । बैठकले साउन २८ र २९ गते मधेश प्रदेशको अधिबेशन गर्ने निर्णय गरेको छ ।
काठमाडौं, १७ असार । वरिष्ठ वामपन्थी नेता एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे देशभक्तिको सवालमा सतिसालझैं रहेको निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले बताएका छन् ।
धनुषा, १७ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
महोत्तरी, १७ असार । महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, १७ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गएराति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
सप्तरी, १७ असार । खरिद बिलबिना नै सामान बिक्री गर्ने र मूल्यसूची नराख्ने सप्तरीको राजविराजका आठ पसल कारबाहीमा परेका छन् ।
काठमाडौं, १७ असार । जसपाले केन्द्रीय समितिको बैठक बोलाइको छ । असार २७ र २८ गते बस्ने गरी बैठक आह्वान गरिएको छ ।
जनकपुरधाम, १७ असार । मधेश प्रदेशलाई नेपालकै अन्न भण्डार क्षेत्रको रुपमा लिइन्छ । सबैभन्दा बढी धान उत्पादन मधेशमा हुुँदै आएको छ ।
जनकपुरधाम, १७ असार । मधेश प्रदेशका अधिकांश पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट ल्याए पनि २३ वटा पालिकाले भने निर्धारित समयमा विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेनन् ।
जनकपुरधाम, १७ असार । मधेश प्रदेश सभाको बैठक असार २० गते बस्ने भएको छ । बैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।
काठमाडौं, १६ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।