पोखरा, १६ असार । पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन्।

काठमाडौँ, १६ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

जनकपुरधाम, अषाढ १६ । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग गर्ने भएको छ ।

लुम्बिनी, १५ असार । लुम्बिनी प्रदेश सरकारको आव २०७९/८० को बजेट आज प्रदेशसभाबाट वहुमतले पारित भएको छ ।

काठमाडौँ, १५ असार । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा राय बाझिएको पूर्णपाठ सार्वजनिक गरेको छ ।

लुम्बिनी, १५ असार । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् ।

काठमाडौँ, १५ असार । काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ ।

जनकपुरधाम, १५ असार । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश प्रहरी भर्नामा संघीय सरकारको कुदृष्टि रहेको बताएका छन् ।

दाङ, १५ असार । दाङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

महोत्तरी, १५ असार । भूमि आयोगका अध्यक्ष ज्ञानबहादुर गोलेले महाेत्तरीमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

बाँके, १५ असार । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

बैतडी, १५ असार । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् ।

काठमाडौं, १५ असार । सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विद्यार्थीलाई स्टेशनरी सामग्री लगायत विभिन्न सामानहरु वितरण गरेको छ ।

जनकपुरधाम, १५ असार । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेश प्रदेशमा दिन प्रतिदिन बढ्दो हिंसात्मक एवम् गलत क्रियाकलापहरुलाई रोक्न मधेश प्रदेशका प्रहरी प्रमुख प्र.ना.म. मसउद आलम खाँलाई निर्देशन दिएका छन् ।

महोत्तरी, १५ असार । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् ।

जनकपुरधाम, १५ असार । दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन् ।

जनकपुरधाम, १५ असार । पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ ।

मोरङ, १४ असार । आफ्नै स्कूलको बसले ठक्कर दिँदा मंगलबार मोरङको रंगेलीमा चार वर्षीय एक छात्रको मृत्यु भएको छ भने अर्की ६ वर्षकी छात्रा घाइते भएकी छन् ।

सप्तरी, १४ असार । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ ।

पर्सा, १४ असार । पर्सामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् ।

सिरहा, १४ असार । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

बाँके, १४ असार । खेतबारीमा प्रयोग गर्न भारतबाट मल खरिद गरेर ल्याउने वास्तविक किसानलाई सहज वातावरण बनाउन बाँके प्रशासनले पहल गरेको छ ।

पर्सा, १४ असार । पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तको यातायातका लागि उपलब्ध हुने भएको छ ।

महोत्तरी, १४ असार । महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीन भारतीय युवालाई पक्राउ गरेको छ ।

ट्रेन्डिङ