काठमाडौँ, २४ असार । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ ।

कपिलवस्तु, २४ असार । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा संचालित मायादेवि गाँउपालिकास्तरिय मदरसा संघले नवनिर्वाचित गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानलाई स्वागत तथा मदरसा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाही, २४ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् ।

महोत्तरी, २३ असार । महोत्तरीमा धान रोपाइँको गति बढेको छ । यही असारको पहिलो हप्तासम्म थोरै मात्र रोपाइँ भएको जिल्लामा पछिल्ला दिन किसानलाई रोपाइँको चटारो परेको छ ।

धनगढी, २३ असार । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू चढ्ने गाडी स्वास्थ्य शाखालाई दिएका छन् ।

बाँके, २३ असार । स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइएको छ ।

रुपन्देही, २३ असार । रुपन्देहीमा विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

नेपालगन्ज, २३ असार । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ न्युरोडमा आदिकवि भानुभक्त आचार्यको अर्ध कदको सालिक अनावरण गरिएको छ ।

रुपन्देही, २३ असार । बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका जोड्ने दानव नदीमा पुल निर्माण भएको छ । १३ करोड ९० लाख ३६ हजार रुपैयाँ लगानीमा १ सय २७ मिटर लामो पुल निर्माण भएको हो ।

नेपालगन्ज, २३ असार । भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा सुरेशकुमार नागले अग्रिम हाजिर गर्ने गरेको पाइएपछि उनीमाथि कारबाहीको सिफारिस गरिएको छ ।

रुपन्देही, २३ असार । बदलिँदो राजनितिक व्यवस्था र पछिल्लो समय बढ्दो पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ट्रक व्यवसायको पेशा गम्भीर स्थितिमा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

कपिलवस्तु, २३ असार । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका भवनहरूको उद्घाटन गरिएको छ ।

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालको एक टोलीले नेपालको आर्थिक अवस्था, समस्या र समाधानका उपायहरुसहित विभिन्न सुझावहरु दिएको छ ।

काठमाडौँ, २२ असार । सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जनकपुरधाम, २२ असार । मधेश प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ ।

जनकपुरधाम, २२ असार । देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् ।

काठमाडौँ, २२ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको सूर्य नेपाल प्रालि मधेश प्रदेशको उत्कृष्ट प्रतिष्ठानबाट सम्मानित भएको छ ।

काठमाडौं, २२ असार । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलबीच भेटवार्ता भएको छ ।

धनुषा, २१ असार । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै ८३ लाख ६४ हजारसहित आज दुई जना पक्राउ परेका छन् ।

जनकपुरधाम, २१ असार । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ ।

रामेछाप, २१ असार । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

पर्सा, २१ असार । पर्साको वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न नौ पसललाई कारबाही गरेको जनाएको छ ।

पर्सा, २१ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वीरगञ्जका नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थकेयर अस्पताल तथा दृष्टि आँखा अस्पताललाई प्रशंसापत्रसहित सम्मान गरेको छ ।

जनकपुरधाम, २१ असार । मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई आज प्रतिवेदक बुझाएको छ ।

जनकपुरधाम, २० असार । मधेश प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारद्वारा सञ्चालित योजनाहरूको समग्र अवस्था अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाउन संसदीय अनुगमन विशेष समिति गठन गरेको छ ।

ट्रेन्डिङ