चितवन, १२ असार । भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ ।

काठमाडौँ, ११ असार । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आज काठमाडौँ आइपुगेका छन् । 

रौतहट, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य प्रभु साहले देशको राजनीतिक संकट टार्न संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

कपिलवस्तु, ११ असार । शुद्धोधन गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को लागि ५३ करोड ९० लाख २२ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

काठमाडौँ, ११ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

पर्सा, ११ असार । पर्सा जिल्ला प्रशासन कार्यालयले अनलाइनमार्फत राष्ट्रिय परिचय पत्र विवरण गर्न हेल्पडेक्स स्थापना गरेको छ ।

बारा, ११ असार । बारा जिल्ला प्रहरी कार्यालयले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ  । 

जनकपुरधाम, ११ असार । जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् । 

पर्सा, १० असार । वीरगंज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।

बाँके, १० असार । नेपालगञ्ज उपमहानगरपालिका–१ नन्दनी मिलको कम्पाउण्डबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामान बरामद भएको छ ।

कैलाली, १० असार । टीकापुर नगरपालिका–९ खक्रौलाबाट ६ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र ५ पिस नाईट्राभेटसहित एक युवक पक्राउ परेका छन् ।

काठमाडौँ, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलगायत दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठमाडौँ, १० असार । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् ।

सप्तरी, १० असार । सप्तरी जिल्ला समवन्य समितिको प्रमुखमा तीन जना र उपप्रमुखमा दुई जनाले मनोनयन दर्ता गराएका छन् ।

जनकपुरधाम, १० असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ ।

बारा, १० असार । बाराको निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० असार । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

महोत्तरी, १० असार । महोत्तरीको जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ ।

वीरगञ्ज, १० असार । मधेशको एक मात्र महानगरपालिका वीरगञ्जले शुक्रबार आगामी आर्थिक वर्ष २०८९/८० का लागि ३ अर्ब ३० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

जनकपुरधाम, १० असार । मधेश प्रदेश सरकारले बजेट प्रस्तुत गरेको ९ दिन पुगे पनि बजेट पुस्तिका (रातो किताब) प्रकाशित भएको छैन ।

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बढीमा ३ अर्ब ७० करोड रुपैयाँको बजेट शुक्रबार सार्वजनिक गर्दैैछ ।

जनकपुरधाम, १० असार । मधेश प्रदेशमा असार १५ र १६ गते मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । मधेश प्रदेश, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको बताए ।

रुपन्देही, ९ असार । रुपन्देहीमा शनिबारदेखि बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ ।

रुपन्देही, ९ असार । ‘एक वडा एक पहिचान’ कार्यक्रमलाई प्राथमिकतामा राख्दै बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

रौतहट, ९ असार । गौर नगरपालिकाका निवर्तमान मेयर अजय गुप्ता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

ट्रेन्डिङ