कैलाली, ५ असार । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ, ३ असार । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले ब्लड क्यान्सर पीडित संजय महराको उपचारमा कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन् ।

जनकपुरधाम, ३ असार । धनुषाामा आठ महिनाअघि प्रेमविवाह गरेकी युवतीले घर लैजान अनुरोध गर्दा श्रीमानले करेन्ट लगाएर भागेको घटना सार्वजनिक भएको छ ।

सप्तरी, ३ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा अबैध रूपमा ल्याउँदै गरिएको अवस्थामा ठूलो परिमाणमा रिफाइन्ड पाल्मोलियन तेल बरामद भएको छ ।

काठमाडौँ, ३ असार । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

रौतहट, ३ असार । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित सडकमा ना.६ ख ६५५० नम्बरको ट्रकले रा.४ प ५०१ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ, ३ असार । सरकारसँग सहमति भएपछि कुमारी आमा निहारिका राजपुतले अनशन तोडेकी छन् । 

दाङ, ३ असार । दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।

कैलाली, ३ असार । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

निजगढ, २ असार । मुख्यमन्त्री लालबाबु राउतले दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन् ।

जनकपुधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ ।

काठमाडौँ, १ असार । कुमारी आमा निहारिका राजपुतको विषय संसदमा प्रवेश पाएको छ ।

बर्दिया, १ असार । जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आजको प्रदेशसभा बैठकमा प्रस्तुत गर्दैछ ।

काठमाडौँ, ३१ जेठ । निर्वाचन आयोगले असार १ गतेबाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्न लागेको छ । 

जनकपुरधाम, ३१ जेठ । जानकी मन्दिरका महन्त रामतपेश्वर दासले मधेश सरकारले सौन्दर्यीकरणका नाममा जानकी मन्दिरलाई कुरुप बनाउने काम गरेको आरोप लगाएका छन् ।

मोरङ, ३१ जेठ । मोरङको विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाही, ३१ जेठ । सर्लाहीको गोडैतामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।

महोत्तरी, ३१ जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–३ मा गएराति टेम्पोलाई जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ओखलढुंगा, ३१ जेठ । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

महोत्तरी, ३१ जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा रहेको एक घरमा आगलागी हुँदा चार लाखको क्षति भएको छ ।

काठमाडौँ, ३० जेठ । बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको सरकारले बताएको छ ।

ट्रेन्डिङ