काठमाडौँ, २३ जेठ । काठमाडौँमा अबैध रूपमा दुबईबाट सुन ल्याउने कार्यमा संलग्न सात जना पक्राउ परेका छन् ।
काठमाडौँ, २३ जेठ । नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन नहुने धारणा राखेकी छन् ।
जनकपुरधाम, २२ जेठ । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौं, २२ जेठ । भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले आइतबार रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गरेका छन् ।
जनकपुरधाम, २२ जेठ । मधेश प्रदेश सरकार उद्योग, पर्यटन तथा वन मन्त्रालय, प्रदेश वन निर्देशनालय, जनकपुरधाम, डिभिजन वन कार्यालय, धनुषाको संयुक्त आयोजनामा भव्य र सभ्य तरिकाले विश्व वातावरण दिवस मनाइएको छ ।
काठमाडौं, २२ जेठ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले संघीय सरकारमा मन्त्रीका लागि पाँच जनाको नाम बुझाएको छ ।
काठमाडौं, २२ जेठ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएका छन् ।
विराटनगर, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र स्थापनाका लागि जनजागरण अभियान सञ्चालन गर्ने बताएका छन् ।
बारा, २२ जेठ । जिल्लाको विश्रामपुर गाउँपालिकामा २४ घण्टे बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । आइतबार विश्रामपुरका नवनिर्वाचित अध्यक्ष जुल्फकार अलि भुट्टोले बर्थिङ्ग सेन्टरको उद्घाटन गरेका हुन् ।
काठमाडौं, २२ जेठ । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको महत्वपूर्ण विभाग ‘सडक विभाग’को महानिर्देशक पद एक महिनादेखि रिक्त रहेको छ ।
काठमाडौं, २२ जेठ । काठमाडौं–तराई मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) मा मापदण्ड लत्याएर र लेखा समितिलाई समेत अटेर गरेर ठेकेदार कम्पनी छनोट गरेको नेपाली सेनाले अहिले काम अघि बढ्न नसकेपछि ती कम्पनीहरुलाई केही दिनका लागि निलम्बन गरेको छ ।
कैलाली, २२ जेठ । धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, २२ जेठ । जनकपुरधामबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौँ, २० जेठ । सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
काठमाडौं, २० जेठ । हिन्दू परिषद नेपालकी केन्द्रीय उपाध्यक्ष पिंकी महासेठले हिन्दू राष्ट्रप्रति जनलहर बढ्दै गएको बताएकी छन् ।
जनकपुरधाम, २० जेठ । मधेश प्रदेशको धनुषा जिल्लास्थित मिथिला नगरपालिकाअन्तर्गतको भाटेघारी सामुदायिक वन, पोखरिया सामुदायिक वन र केमलीपुर सामुदायिक वनमा मानव वन्यजन्तु द्वन्द्व सम्बन्धी अनुसन्धान शुरु भएको छ ।
सिरहा, २० जेठ । सिरहाको मिर्चैयास्थित पूर्व–पश्चिम राजमार्ग निर्माणमा चासो नदेखाएको भन्दै स्थानीयवासी तथा व्यापारीले चक्काजाम गरेका छन् ।