सुनसरी, ३० जेठ । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । 

काठमाडौँ, ३० जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मलको व्यवस्थापनका विषयमा आवाज उठाएका छन् ।

जनकपुरधाम, ३० जेठ । तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाले संघीय संसदबाट तत्काल नागरिकता विधेयक पास गर्न दबाब दिएको छ ।

बारा, ३० जेठ । बाराको जितपुरसिमरामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

काठमाडौँ, ३० जेठ । प्रतिनिधिसभाकी सांसद गंगा चौधरीले किसानको समस्या समाधानमा सरकारले ध्यान नदिएको आरोप लगाएकी छन् ।

महोत्तरी, ३० जेठ । महोत्तरीमा १६ वर्षीया किशोरीको बलात्कार भएको छ ।

जनकपुरधाम, २९ जेठ । जनता समाजवादी पार्टी र राजपा लाेकतान्त्रिक पार्टीबीच एकीकरण भएको छ । 

लुम्बिनी, २९ जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।

सुनसरी, २९ जेठ । सुनसरीको कोशी गाँउपालिकामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

महोत्तरी, २९ जेठ । महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट भएको छ ।

काठमाडौँ, २९ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिरहा, २८ जेठ । सिरहाको गोलबजार नगरपालिकाले जटिल प्रकृतिका रोगबाट पीडित बिरामीहरुलाई औषधी उपचारवापत् सहयोग रकमका लागि निवेदन दिन अनुरोध गरेको छ ।

सर्लाही, २८ जेठ । भारत सरकारको सहयोगमा निर्माण भएको सर्लाहीको श्रीफौद सिंह जनता माध्यमिक भवनको उद्घाटन गरिएको छ ।

सर्लाही, २८ जेठ । सर्लाहीको लालबन्दीमा मामाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

कपिलवस्तु, २८ जेठ । कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ ।

नुवाकोट २८ जेठ। नुवाकोटको ककनी गाउँपालिकामा एक पुरुष विद्युतको हाइटेन्सन पोलको तारमा हिँड्न थालेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

काठमाडौँ, २८ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रूपमा नभई सेवाका रूपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । 

सप्तरी, २८ जेठ । पूर्वजनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीको निधन भएकाे छ ।

जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रोकिएको ‘छोरी बीमा कार्यक्रम’ छिट्टै पुन: सञ्चालन हुने आश्वासन दिएका छन् ।

सिरहा, २५ जेठ । सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ, २५ जेठ । नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ट्रेन्डिङ