बाँके, २० जेठ । बाँकेको कोहलपुरमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

बारा, २० जेठ । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

काठमाडौं, २० जेठ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष तथा सांसद हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ८बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

विराटनगर, २० जेठ । प्रदेश १ को १०औं एवं बजेट अधिवेशनसुरु भएको छ । बैठकको पहिलो दिनमै सत्तापक्ष र प्रतिपक्षबीच सदनमा आरोप प्रत्यारोप चल्यो ।

धनगढी, २० जेठ । सुदूरपश्चिम प्रदेशसभाको १०औँ अधिवेशनमा बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल सुरु भएको छ ।

काठमाडौं, २० जेठ । काठमाडौं–तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाकमा एकपछि अर्को राष्ट्रघातको खतरा बढेको छ । राष्ट्रिय गौरवको आयोजनामा दुई चिनियाँ कम्पनीलाई सेनाले ठेक्का दिएपनि काममा अलमल हुन थालिसकेको छ ।

सप्तरी, २० जेठ । राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवले जनताका गुनासा आउने बित्तिकै समाधान गर्न थालेका छन् ।

रौतहट, १९ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको सरकारी अस्पतालमा ६ जना स्वास्थ्यकर्मी बिना सूचना अनुपस्थित रहेको पाइएको छ ।

कपिलवस्तु, १९ जेठ । कपिलवस्तुमा नेकपा (एकीकृत समाजवादी)ले १ वडा सदस्य मात्रै जिते पनि स्थानीय निर्वाचनको नतिजा सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

बाँके, १९ जेठ । बाँकेको नरेनापुर गाउँपालिकामा फरक भूमिका रहेका ३५ वर्षीय अजयकुमार मिश्राको परिचय अहिले फेरिएको छ ।

धनगढी, १९ जेठ । धनगढीका प्रमुख गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन् ।

मोरङ, १९ जेठ । विराटनगरस्थित उच्च अदालतले कोरोना बिमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको छ ।

काठमाडौं, १९ जेठ । नेपाल पिछडावर्ग ओबीसी महासंघ पटक–पटक विवादित हुँदै आएको छ । गजेन्द्र ठाकुर अध्यक्ष रहेको नेपाल पिछडावर्ग ओबीसी महासंघले एक विज्ञप्ति जारी गरी महासंघको हु–बहु नाम राखी महाधिवेशन गर्न लागेकोप्रति आपत्ति जनाएको छ ।

सिरहा, १९ जेठ । सिरहाको गोलबजारस्थित इनारभित्र एक जनाको शव भेटिएको छ ।

बारा, १९ जेठ । बारामा छुट्टाछुट्टै स्थानका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

बारा, १७ जेठ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध आज पनि प्रदर्शन भएको छ । 

बर्दिया, १८ जेठ । बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

जनकपुरधाम, १८ जेठ । धनुषाको नगराइन नगरपालिकामा शहीद गेट निर्माण हुने भएको छ ।

जनकपुरधाम, १८ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नागरिकता विधेयक चालू अधिवेशनबाट पारित हुने दाबी गरेका छन् ।

काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेसका नेता तथा सांसद देवप्रसाद तिमल्सिनाले रौतहटमा मेडिकल कलेज स्थापना गर्न माग गरेका छन् ।

काठमाडौँ, १८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद विमल श्रीवास्तवले वीरगञ्जस्थित कृषि औजार कारखाना र चीन मिल सञ्चालन आए आफ्नो घर दान दिने घोषणा गरेका छन् ।

काठमाडौँ, १८ जेठ । जनता समाजवादी पार्टीका नेता तथा सांसद प्रदीप यादवले बजेटमार्फत मधेश प्रदेशलाई दिइने अनुदान गठबन्धन सरकारले घटाएको आरोप लगाएका छन् ।

जनकपुरधाम, १८ जेठ । मधेश प्रदेशसभाको बजेट अधिवेशन भोलिबाट सुरु हुने भएको छ ।

रविन्द्र यादव, नवलपरासी (पश्चिम), १८ जेठ । नवलपरासी पश्चिममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बर्दघाट नगरपालिका ११ विजयपुरका अन्दाजी ४०÷४५ बर्षिय इन्द्र बहादुर चौधरीको मृत्यु भएको हो ।

ट्रेन्डिङ