काठमाडौं, ११ जेठ । पेट्रोलियम पदार्थमा लगातार हुँदै आएको मूल्यवृद्धि फिर्ताको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बृहत् विरोध प्रदर्शन गरेको छ ।
काठमाडौं, ११ जेठ । देशको संघीय राजधानी काठमाडौं महानगारपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र (बालेन) शाहको जीत सुनिश्चित जस्तै देखिएको छ । अहिलेसम्मको मतगणना र अग्रता हेर्दा अब बालेनको मेयर घोषणा हुन बाँकी रहेको छ ।
काठमाडौँ, १० जेठ । संसदीय सुनुवाइ समितिले प्रा.डा. रामस्वार्थ रायलाई डेनमार्कको राजदूतका लागि सर्वसम्मत् अनुमोदन गरेको छ ।
काठमाडौं, १० जेठ । छिमेकी मित्रराष्ट्र भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन भएको छ ।
वीरगन्ज, १० जेठ । मधेश प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले आफूले शपथ ग्रहण गरेको २४ घण्टाभित्र वीरगन्जवासीले परिवर्तनको आभाष गर्ने बताएका छन् ।
काठमाडौँ, १० जेठ । मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिप्रति असन्तुष्टि जनाएका छन् ।
राकेश प्रसाद चौधरी, जलेश्वर, १० जेठ । महोत्तरी जिल्लाको १५ पालिकामध्ये तीनवटा पालिका प्रमुख तथा तीनवटा पालिकाका उपप्रमुख दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
जनकपुरधाम, १० जेठ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्थानीय तहको निर्वाचन धाँधलीपूर्ण भएको आरोप लगाएका छन् ।
रौतहट ९ जेठ । रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एकिकृत समाजवादीले विजय हासिल गरेको छ ।
सर्लाही, ९ जेठ । सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कल्पना कुमारी कटुवाल विजयी भएकी छन् ।
जनकपुरधाम, ९ जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी भएका छन् ।
काठमाडौं, ६ जेठ । यस पटकको स्थानीय निर्वाचनमा कान्छा जनप्रतिनिधि निर्वचित भएका छन् । सिभिल इन्जियरिङ्गसम्मको शिक्षा प्राप्त २१ वर्षका रणवीर मण्डल धनुषा जिल्लाको कमला नगरपालिकाको वडा अध्यक्ष बन्न सफल छन् ।
काठमाडौं, ६ जेठ । स्थानीय तहको निर्वाचनको प्रारम्भिक परिणाम अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) तुलनात्मक रूपमा कमजोर देखिएका छन् ।
कैलाली, ५ जेठ । टीकापुर घटनाको अभियोगमा जेल जीवन बिताइरहेका सांसद रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा शानदार जीत हासिल गरेको छ ।
गौर, ५ जेठ । रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार रीना कुमारी साह निर्वाचित भएकी छन् । उनले गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् ।
सप्तरी, ४ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी जिल्लाको बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको छ ।
काठमाडौं, ५ जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोज साहले अग्रता कायमै राखेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरी तेस्रो नम्बरमा उक्लेका छन् ।
महोत्तरी, ४ जेठ । जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं. ४ (सुगा भवानीपट्टी) मा नेकपा (एमाले)मा हरिचन्द्र महतो ३४० मतान्तरसहित विजयी भएका छन् ।