सप्तरी, ४ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पालिका प्रमुखमा खाता खोलेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमतले जीत हासिल गरेको हो ।
सर्लाही, ४ जेठ । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नेपालगन्ज, ४ जेठ । बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
महोत्तरी, ४ जेठ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका छन् । प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी भएका हुन् ।
विराटनगर, ४ जेठ । विराटनगर महानगरपालिका मेयरमा पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार नागेश कोइरालाले अग्रता कायमै राखेको छ ।
बर्दिया, ३ जेठ । बर्दिया जिल्लाको राजापुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
बर्दिया, ३ जेठ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १० मा जनमत पार्टीको प्यानल विजयी भएको छ ।
सप्तरी, ३ जेठ । जिल्लाको अग्नि साइर कृष्ण संवरण गाउँपालिका अध्यक्ष पदमा नेकपा(एमाले)का दिनानाथ चौधरीले विजयी भएका छन् ।
चितवन, ३ जेठ । जिल्लाको माडी नगरपालिकामा नेकपा एमालेकी मेयर उम्मेद्वार ताराकुमारी महतो दुई हजारभन्दा बढी मतान्तरले विजयी भएकी छन् ।
वीरगन्ज, ३ जेठ । मधेश प्रदेशको वीरगन्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका मेयर पदका उम्मेद्वार राजेशमान सिंह दोब्बरभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
रुपन्देही, २ जेठ । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्ती अवसरमा लुम्बिनी भ्रमण आएको बेला विभिन्न समझदारी पत्रहरुमा हस्ताक्षर भएका छन् ।
सर्लाही, २ जेठ । सर्लाही जिल्लाको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
काठमाडौं, २ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच गौतमबुद्धको जन्मभूमि नेपालको लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्ध स्थापना गर्ने सैद्धान्तिक सहमति भएको छ ।
रुपन्देही, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा रहेका बेला नेपाल विद्युत प्राधिकरण र सतलज जलविद्युत निगमबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सर्लाही, २ जेठ । जिल्लाको हरिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
वीरगन्ज, २ जेठ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ५ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नितेश मिश्रा बिजयी भएका छन् ।
लुम्बिनी, २ जेठ । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन् ।
लुम्बिनी, २ जेठ । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको क्रममा लुम्बिनी आइपुगेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण नेपालको लागि राम्रो हो । बुद्ध जयन्तीको दिन पारेर भारतका प्रधानमन्त्री नेपाल आउँदै हुनुहुन्छ । हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित विषयहरु भारतको गृह राजनीतिमा भारतीय जनता पार्टीको एजेण्डाभित्र पर्दछ ।
भारतका प्रधानमन्त्री नरेन्द्रको लुम्बिनी भ्रमण नेपालको लागि सौभाग्यको विषय हो । भगवान बुद्धलाई विश्व जगत्ले लाइट अफ एसिया भन्ने गरेको छ । विश्वभरि शान्ति फैलाउने भगवान बुद्धको जुन उद्देश्य थियो त्यो उद्देश्य साथ एसियाका धेरै जसो देशहरु बुद्धमार्गी छन् ।
जेठ २ गते अर्थात् मई १६ बुद्ध जयन्ती छ, यो विश्वको चासोको कुरा हो र हाम्रो लागि गर्वको कुरा हो कि भारतको कार्यकारी प्रधानमन्त्री नेपाल आउँदै हुनुहुन्छ ।
भारतको प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणलाई अत्यन्तै स्वागतयोग्यको रुपमा मानेका छौं । बुद्धम् शरणम् गच्छामी हामी भन्छौं । उहाँ आफै बुद्धत्व प्राप्त गरेको एउटा महामानव हुनुहुन्छ ।