काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मताधिकार भएका सबै नागरिकलाई मतदानमा भाग लिन आव्हान गरेका छन् ।

काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगले नयाँ मतदाताहरूका लागि आज बुधबार र भोलि बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

कपिलवस्तु, २७ बैशाख । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ ।

विराटनगर, २७ बैशाख । जिल्ला प्रशासन कार्यालय मोरङले आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ ।

काठमाडौं, २७ बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

काठमाडौं, २७ बैशाख । बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमणको तयारीले तीब्रता पाएको छ ।

इमरान खान, कपिलवस्तु, २७ बैशाख । अहिले स्थानीय निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तु नगरपालिकाका मेयर पदका उम्मेदवार सुदिप पौडेलको लोकप्रियता बढ्दै गएको छ ।

अजय कुमार सिंह, जनकपुरधाम, २७ बैशाख । बैशाख ३० मा हुन गइरहेको स्थानीय तह २०७९ को निर्वाचनको समय अब ४ दिन मात्र बाँकी रहदा चुनावी माहौल गरमा गरम भएको छ ।

धनुषा, २६ बैशाख । धनुषाधाम नगरपालिका–२ मखनपुर टोल बस्ने शहिदनगर नगरपालिका–८ डुमरीया घर भएका राज मिस्त्रीको काम गर्ने ४० वर्षीय दुखिया सुडिको करेन्ट लागेर मृत्यु भएको छ ।

महोत्तरी, २६ बैशाख । भंगाहा नगरपालिका–६ जमुनीयास्थित निर्माणाधिन क्रसर उद्योग नजिक राखेको ट्रान्सफर्मर अचानक पड्किएर उद्योग नजिक रहेको घरमा आगलागी हुँदा धनुषा मिथिला नगरपालिका–२ नक्साझीज बस्ने ५० वर्षीय दिनेश महतोको मृत्यु भएको छ । 

बाँके, २६ बैशाख । राप्तिसोनारी गाउँपालिका–८ गल्ली कुटानस्थित सडकमा भे.१० प २७८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

जनकपुरधाम, २६ बैशाख । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

वीरगन्ज, २६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा र बारा जिल्लामा यही बैशाख २७ गते राति १२ बजेदेखि मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको छ ।

धनगढी, २६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

काठमाडौं, २६ बैशाख । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट निर्वाचन सुरक्षार्थ देशभर खटिएका सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

कैलाली, २६ बैशाख । भजनी नगरपालिका–३ कुस्मघाटबाट करिब ४ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

अजय कुमार सिंह, जनकपुरधाम, २५ बैशाख । जति–जति निर्वाचन नजिकिँदै छ त्यति–त्यति जनकपुरको माहौल तातिदैछ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका प्रत्यासीहरुबीचको कडा प्रतिस्पर्धाका कारण यहाँका बुद्धिजीबीहरु पनि सही आँकलन लगाउन सकिरहेका छैनन् ।

विराटनगर, २५ बैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दल बहुदलीय प्रतिस्पर्धामा एमालेसँग डराएकाले स्थानीय पालिका निर्वाचनमा विभिन्न स्थानमा उम्मेदवारी दिन नसकेको आरोप लगाएका छन् ।

जनकपुरधाम, २५ बैशाख । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले लोकतन्त्र र सङ्घीयताको रक्षा एवं विकासका लागि गठबन्धनको भावना अनुसार नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकार अगाडी बढेको बताएका छन् ।

जनकपुरधाम, २५ बैशाख । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।

काठमाडौं, २४ बैशाख । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताएका छन् ।

कपिलवस्तु, २४ बैशाख । बिजयनगर गाउँपालिका–१ थरौली पाल्पाली टोलस्थित झाडीबाट वेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

सप्तरी, २४ बैशाख । ज्यान सम्बन्धी कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी रुपनी गाउँपालिका–१ रुपनी चौक बस्ने ३८ वर्षीय मो.नाजिर भन्ने मो.नसिर मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा, २४ वैशाख । सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, २३ बैशाख । लम्कीचुहा नगरपालिका–७ बस्ने नयाराम आचार्यको घरमा बच्चाहरु खेल्ने क्रममा शुक्रबार बिहान अचानक आगलागी भएको छ ।

ट्रेन्डिङ