पर्सा, २३ बैशाख । सखुवाप्रसौनी गाउँपालिका–१ औराहा बस्ने २७ वर्षीय सल्टु महतोलाई बाह्र बोरको एकनाले घरेलु बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, २३ बैशाख । स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् ।

सिरहा, २३ बैशाख । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह २०७९ को निर्वाचनको समय नजिकिँदै गर्दा गाउँगाउँमा विभिन्न आँकलनहरु सुरु भएको छ ।

काठमाडौं, २३ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् ।

काठमाडौं, २३ बैशाख । भारतले नेपालका लागि नयाँ राजदूतमा नविन श्रीवास्तवलाई प्रस्ताव गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति नजिकिँदै गर्दा भारतले नयाँ राजदूत प्रस्ताव गरेको हो ।

वीरगञ्ज, २२ बैशाख । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा महिलालाई उम्मेदवार बनाउनमा मुख्य दलले कन्जुस्याइँ गरेका छन् ।

वीरगञ्ज, २२ बैशाख । एमालेबाट वीरगञ्जमा मेयर पदका उम्मेदवार बनेका विजय कुमार सरावगीको पक्षमा जनलहर बढ्दै गएको छ ।

कपिलवस्तु, २२ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले पुनः दोहरिने दाउमा छन् ।

रुपन्देही, २२ बैशाख । अगृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ ।

रुपन्देही, २२ बैशाख । बुटवलमा पाँचदलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।

कैलाली, २२ बैशाख । आगलागीबाट ध्वस्त भएको कैलालीको बिपतपुर मुक्त कमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ ।

नेपालगञ्ज, २२ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनमा मेयर पदका लागि १७ जना र उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ ।

मोरङ, २२ बैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला सुन्दरहरैँचा नगरपालिकाका कांग्रेसतर्फका मेयर पदका उम्मेदवार शिवप्रसाद ढकालको मत माग्न ढकालसँगै व्यस्त छन् ।

मोरङ, २१ बैशाख । मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ८ स्थित सीमा ईलाकाबाटसशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेट १० पत्ता र २४ बोतल स्कुफडिएक्ससहित दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज, २१ बैशाख । नेपाली कांग्रेस बाँकेले आसन्न स्थानीय तहको निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ ।

सप्तरी, २१ बैशाख । जिल्लाका उम्मेद्वारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरी लगाइएको चुनाव सामग्रीहरु हटाउने भएको छ ।

रुपन्देही, २१ बैशाख । लुम्बिनी प्रदेश सभाको १० औँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ । कानुनी प्रक्रिया पूरा गर्नका लागि स्थगित भएको हो ।

जनकपुरधाम, २१ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार मनोज चौधरीले आफू कार्यकाल सम्हाले लगत्तै ल्याण्डफिल्ड साइट निर्माण गर्नेतर्फ अग्रसर हुने बताएका छन् ।

रुपन्देही, २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाजले प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षामा जोड दिँदै प्रदर्शन गरेको छ ।

काठमाडौं, २० बैशाख । नेपाल सरकारले प्रदान गर्ने ‘नेशनल आईसीटी एक्सिलेन्स अवार्ड’ पहिलो पटक मधेशका शिक्षाविद् पंकज जालानले प्राप्त गरेका छन् ।

रौतहट, २० बैशाख । पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले गठबन्धन सरकारको नाउँमा पाँचदल मिलेर देश लुटिरहेको टिप्पणी गरेका छन् ।

रौतहट, २० बैशाख । रौतहटको फतुवा विजयपुर नगरपालिकाका नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय यादव निर्विजले आफ्ना चुनावी प्रतिबद्धत पत्र सार्वजनिक गरेका छन् ।

जनकपुरधाम, २० बैशाख । मुस्लिम धर्मावलम्बीहरुको मुख्य पर्व ईदउल फित्रको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौं, २० बैशाख । मुस्लिम धर्मावलम्बीहरु आज ईदउल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

वीरगन्ज, १९ बैशाख । भारतसँग खुल्ला सीमा जोडिएको पर्सा, बारा सहितका जिल्लाहरूमा कोरोना संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

ट्रेन्डिङ