जनकपुरधाम, १२ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट निवर्तमान मेयर लालकिशोर साहले मनोनयन दर्ता गराएका छन् ।

कपिलवस्तु, १२ बैशाख । महाराजगंज नगरपालिका–७ घर भएका सवनम मुसलवानको छोरा ८ वर्षीय महोम्मद सहिलको पोखरीमा डुबेर मृत्यु भएको छ ।

जनकपुरधाम, १२ बैशाख । जनकपुरधाम उपमहानगरको मेयर पदको टिकटकै लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी नेकपा एमाले प्रवेश गरेका जानकीराम साह स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

वीरगन्ज, १२ बैशाख । स्थानीय चुनावको मुखमा नेता कार्यकर्ताहरुको दलबदलको आज अन्तिम दिन हो । मनोनयन दर्ता प्रक्रिया पूरा भइसकेको केही दिनका नेता कार्यकर्ताहरु स्थिर हुनेछ ।

विराटनगर, १२ बैशाख । विराटनगर महानगरपालिका मेयरका लागि डा.सीके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट अरुणकुमार मण्डलले मनोनयन दर्ता गराएका छन् ।

काठमाडौं, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र आइतबार औपचारिकरुपमा सार्वजनिक गरेको छ ।

रुपन्देही, ११ बैशाख । विगत २६ वर्षदेखि लोकतन्त्रका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गदैै सोह्रौ लोकतन्त्र दिवस मनाएको छ ।

काठमाडौं, ११ बैशाख । मधेश प्रदेशी पूर्वराज्यमन्त्री, प्रदेशसभा सदस्य एवं संविधानसभा दोस्रोकी सभासदसमेत रहेकी लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेता डा.डिम्पल झाको असामयिक निधनप्रति पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले समवेदना प्रकट गरेका छन् ।

काठमाडौं, ११ बैशाख । मधेश प्रदेशकी पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेता डा.डिम्पल झाको निधनप्रति अध्यक्ष महन्थ ठाकुरले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

काठमाडौं, ११ बैशाख । मधेश प्रदेशकी पूर्वराज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेता डा.डिम्पल कुमारी झाको आइतबार बिहान ४ बजे निधन भएको छ ।

रौतहट, १० बैशाख । फतुवा विजयपुर नगरपालिका–११ भट्टिराङ्गी बस्ने ३० वर्षीय प्रदिप चौधरीको चट्याङ् लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

मोरङ, १० बैशाख । पथरी शनिश्चरे नगरपालिका–३ आईतवारेस्थित सडकमा को.२ त २८३२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री रतुवामाई नगरपालिका–२ ईटहरा बस्ने ४२ वर्षीय दिनेश भण्डारीको मृत्यु भएको छ ।

रुपन्देही, १० बैशाख । विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कैलाली, १० बैशाख । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाएको छ ।

जनकपुरधाम, ९ बैशाख । मधेश प्रदेशमा १ हजार ६३ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । यस्तै सो प्रदेशमा ८ सय ८८ संवेदनशील र २ सय १२ वटा मतदान केन्द्र सामान्य रहेका जनाइएको हो ।

धनगढी, ९ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीको टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् ।

रौतहट, ९ बैशाख । रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन् ।

बाँके, ९ बैशाख । नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ । अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

रुपन्देही, ८ बैशाख । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन दलबीचको सहमति कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् ।

मोरङ, ८ बैशाख । नजिकिँदो स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक दलले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने जनाएका छन् ।

धनगढी, ८ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्र अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयको निर्णय हुने बताएका छन् ।

जलेश्वर, ८ बैशाख । स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन् ।

काठमाडौं, ८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रक्रिया शुरु भइसकेको छ । उम्मेदवारी प्रक्रिया बैशाख दोस्रो सातादेखि शुरु हुँदैछ ।

३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनमा सम्पूर्ण देश र जनता होमिएका छन् । निर्वाचन आयोग, राजनीतिक दल र निर्वाचनमा चासो राख्ने सबैका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित रहेको छ । यसले मुलुकको वातावरण नै निर्वाचनमय बनेको छ ।

सर्लाही, ८ बैशाख । आसन्न स्थानीय तहको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जिल्लाको रामनगर गाउँपालिका अध्यक्ष तथा वडाध्यक्ष उम्मेद्वारहरुको नाम सर्वसम्मतले सिफारिस गरेको छ ।

ट्रेन्डिङ