वीरगन्ज, ८ बैशाख । आसन्न स्थानीय निर्वाचनमा मधेश प्रदेशको एक मात्र महानगर वीरगन्जमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एमाले)बीच गठबन्धन गर्ने सहमति भएको छ ।

नेपालगन्ज, ७ बैशाख । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बाँकेको तीन पालिकासहित ११ वडाध्यक्षका लागि टिकट वितरण गरेको छ । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले टिकट वितरण गरेका हुन् ।

जलेश्वर, ७ बैशाख । नेकपा (एमाले)को तर्फबाट महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाका मेयर पदको उम्मेद्वारका लागि टिकट आफूले नै पाउने दाबी राजकिशोर साह उर्फ नब्बा सिंहले गरेका छन् ।

वीरगन्ज, ७ बैशाख । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सरकारी गाडी फिर्ता गरेका छन् ।

काठमाडौं, ७ बैशाख । जनता समाजवादी पार्टी नेपालले आसन्न स्थानीय तहको निर्वाचन–२०७९ घोषणापत्र सार्वजनिक गरेको छ । ‘पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार’लाई जसपाले मुख्य नारा बनाएको छ ।

सर्लाही, ७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउँने अभियानमा जुटन जनवर्गीय संगठनका नेतालाई निर्देशन दिएका छन् ।

काठमाडौं, ७ बैशाख । आसन्न स्थानीय चुनावको मुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता संजय यादवले पार्टी परित्यागको घोषणा गरेका छन् ।

जनकपुरधाम, ७ बैशाख । स्थानीय तह निर्वाचन हुनु तीन दिन अगाडि अर्थात् ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।

गोरखा, ६ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी चरित्रको समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् ।

सप्तरी, ६ बैशाख । महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौं, ६ बैशाख । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष जानकीराम साह नेकपा (एमाले) प्रवेश गरेका छन् ।

विराटनगर, ६ बैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ ।

काठमाडौं, ६ बैशाख । छिमेकी मित्रराष्ट्र भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जनाइएको छ ।

जनकपुरधाम, ६ बैशाख । पूरै देश अहिले स्थानीय तह निर्वाचन केन्द्रित भइसकेको छ । गठबन्धन गरेर निर्वाचन गर्ने विषयमा सत्तारूढ गठबन्धनमा रहेको दलबीच रस्सकाकस्सी चलिरहेको समयमा सत्ताबाहिर रहेको नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एकपछि अर्को उम्मेदवारी धमाधम सिफारिश गरिरहेका छन् ।

नवलपरासी, ६ बैशाख । जिल्लाको रामग्राम नगरपालिकास्थित बरुन वेभरेज कम्पनीका श्रमिकहरु आन्दोलित भएका छन् । राष्ट्रिय श्रमिक संघको नेतृत्वमा श्रमिकहरु आन्दोलनमा उत्रेका हुन् ।

जनकपुरधाम, ५ बैशाख । जनकपुर जेसिजका पूर्वअध्यक्ष तुलसी पजियार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जनकपुरधाम, ५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेद्वारहरुको टुंगो लगाउँदैछ । कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णयमा पुगेको जनमतले आफ्नो उम्मेद्वारहरुलाई टिकट वितरण गर्न लागेको हो ।

काठमाडौं, ५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दलबीच महानगर र उपमहानगरको भागबण्डाको प्रस्तावित ड्राफ्ट सार्वजनिक भएको छ ।

कपिलवस्तु, ५ बैशाख । कपिलवस्तु नगरपालिका–४ गोपालपुरस्थित सडकमा लु.१३ प ८८०९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मोरङ, ५ बैशाख । विराटनगर महानगरपालिका–९ मा पार्किङ गरेको को.२० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज, ४ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले वीरगन्ज महानगरपालिकामा पुनः जसपाको जीत सुनिश्चित रहेको बताएका छन् ।

राकेश प्रसाद चौधरी, जलेश्वर, ४ बैशाख । महोत्तरी जिल्लाका पालिकाहरूले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा नराख्दा विभिन्न समस्या उत्पन्न हुन थालेका छन् ।

रौतहट, ४ बैशाख । नेकपा (एमाले)ले रौतहटको राजदेवी नगपालिकामा मेयर र उपमेयरका आकांक्षीको नाम सिफारिस गरेको छ ।

रौतहट, ४ बैशाख । दुर्गाभगवती गाउँपालिका–१ शिव मन्दिर टोल बस्ने ३० वर्षीया रम्घरिया देवीको करेन्ट लागेर मृत्यु भएको छ ।

बाँके, ४ बैशाख । कोहलपुर नगरपालिका–२ सालको बुटास्थित सडकमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

ट्रेन्डिङ