काठमाडौं, २५ चैत । दार्चुला जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङ जिल्लामा सिँचाइ परियोजनाको निर्माणका लागि भारत सरकारले नेरु ७ करोड ८ लाख आर्थिक सहयोग गर्ने भएको छ ।

जनकपुरधाम, २५ चैत । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषा जिल्लाको सबैला नगरपालिकाको मेयरमा बीपी साहलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं, २५ चैत । जनता समाजवादी पार्टी नेपालले दुई जनालाई राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।

काठमाडौं, २५ चैत । स्थानीय तहको निर्वाचनको संघारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई कार्यकर्ता जोगाउन धौ धौ परेको छ । ठूला पार्टीबाट टिकट पाउने आश्वासन पाउने बित्तिकै लोसपा नेता तथा कार्यकर्ताहरु अर्को पार्टीमा जान थालेका छन् ।

काठमाडौं, २५ चैत । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको हो ।

नेपालगञ्ज, २५ चैत । शिलान्यास गरेको एक वर्ष बढी भइसक्दा पनि बाँकेको नौबस्तामा बनाउने भनेको औद्योगिक क्षेत्रको ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन ।

कैलाली, २५ चैत । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा आकर्षित भएका छन् ।

जनकपुरधाम, २५ चैत । २०७९ का लागि मधेश प्रदेश सरकारले दिने बिदाको सूची तयार भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार २०७९ मा मधेश प्रदेश सरकारले ११ दिन सार्वजनिक विदा निर्धारण गरेको छ ।

जनकपुरधाम, २५ चैत । मधेश प्रदेशमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणलाई नेपाल तथा भारतका निजी क्षेत्रका उद्योगी व्यवसायीले निकै सफल र उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

विराटनगर, २४ चैत । बालविवाह नियन्त्रणका लागि सचेतनाको आवश्यकता रहेको विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन् ।

रुपन्देही, २४ चैत । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशभर चुनावी गठबन्धन बनाउन सभापति अमरसिंह पुनको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

बुटवल, २४ चैत । लुम्बिनी प्रदेशमा गठवन्धन दलहरुले मतको आधारमा उम्मेदवारी बाँडफाँडको तयारी गरेका छन् ।

कैलाली, २४ चैत । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा प्रथम पर्यटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना भएको छ ।

रौतहट, २४ चैत । तराईका बारा, रौतहट तथा पर्सा जिल्लामा अहिले फस्टाउँदै गएको इँटाभट्टा उद्योगमा मजदुरको लागी पर्याप्त अवसर बनेको छ ।

जनकपुरधाम, २४ चैत । सत्तारुढ गठबन्धनले केन्द्रीय तहमा स्थानीय निर्वाचनका लागि चुनावी तालमेल गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव जिल्लाहरुमा पनि देखिन थालिएको छ ।

जनकपुरधाम, २३ चैत । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मधेश प्रदेशको कामकाजी भाषा छिट्टै घोषणा हुने बताएका छन् ।

विराटनगर, २३ चैत । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले “प्रदेश आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८” प्रमाणीकरण गरेका छन् ।

काठमाडौं, २३ चैत । हिन्दू राष्ट्र नेपालको विरोध गर्नेहरु राष्ट्रघाती रहेको हिन्दू परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष पिंकी महासेठले आरोप लगाएकी छन् ।

काठमाडौं, २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा एक्कासी समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

कैलाली, २३ चैत । बर्दगोरिया गाउँपालिका–१ बौनिया बजारस्थित भक्त बहादुर बिसिको हेमन ट्रेडर्स किराना पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसलमा रहेको सामानहरु पूर्णरुपमा जलेर

कपिलवस्तु, २३ चैत । कपिलवस्तु नगरपालिका–६ स्थितबाट करिब ३ ग्राम ७ सय २० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २३ चैत । मधेशी पत्रकार समाज नेपालले आयोजना गर्न लागेको हिरो अफ मधेशका लागि संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेय, नेता रामकृपाल साह र समाजसेवी प्रमोद अग्रवाल चयन भएका छन् ।

काठमाडौं, २२ चैत । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीबाट खोस्ने तयारी गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बूढीगण्डकी आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपबाट खोस्ने र स्वदेशी लगानीमै बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पु¥याएको छ ।

काठमाडौं, २२ चैत । खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

ट्रेन्डिङ