वीरगन्ज, २२ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा पुगेर आफू मधेशको मान्छे रहेको बताएका छन् । उनी आफू मधेशको बासिन्दा रहेकोसमेत बताए ।
काठमाडौं, २२ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
काठाडौं, २२ चैत । भारत सरकारको अनुदान सहायताअन्तर्गत उदयपुर जिल्लाको गाईघाट, त्रियुगा नगरपालिका बोक्सेस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास भएको छ ।
जनकपुरधाम, २२ चैत । मधेश सरकारका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले भारत सरकारद्वारा जलप्रहरी सम्मानले सम्मानित कमला बचाउ अभियानका संयोजक विक्रम यादवलाई बधाई दिएका छन् ।
रौतहट, २२ चैत । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले देशमा सुशासन नरहेको ठोकुवा गरेका छन् ।
काठमाडौं, २१ चैत । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ ।
वीरगन्ज, २१ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबार वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
काठमाडौं, २१ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्केका हुन् ।
धनुषा, २१ चैत । जनकपुर उपमहानगरपालिका–४ जटही बसपार्कस्थित विनयनाथ गुप्ताको रवि रेडिमेट स्टोरमा करेन्ट सर्ट भई आगलागी भएको छ ।
मोरङ, २१ चैत । बुढिगंगा गाउँपालिका–२ टंकिचोकस्थित सडकमा को.१७ प ७६७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
काठमाडौं, २१ चैत । तराई–मधेश परिषद्को प्रथम राष्ट्रियले सामाजिक अभियन्ता सरोज रायको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
जनकपुरधाम, २० चैत । तीन दिनसम्म चल्ने ‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८’ चैत २३ गतेबाट हुने भएको छ ।
काठमाडौं, २० चैत । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले देशमा हिन्दू राष्ट्रको लहर बढ्दै गइरहेको बताउँदै अब घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरेका छन् ।
सिरहा, २० चैत । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिराहाले स्थानीय तह निर्वाचन सम्बन्धी चार वटा समिति गठन गरेको छ ।
वाराणसी, २० चैत । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् ।
काठमाडौं, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मित्रराष्ट्र भारत भ्रमणको क्रममा वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।
काठमाडौं, २० चैत । आसन्न स्थानीय तहको निर्वाचनका लागि विवेकशील साझा पार्टीले सक्षम र इमानदार उम्मेद्वारका लागि आह्वान गरेको छ ।
धनगढी, २० चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावी तालमेलको मोडालिटीबारे दलहरुबीच छलफल भइरहेको बताएका छन् ।
विराटनगर, २० चैत । प्रदेश नं. १ प्रमुख परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन गरेका छन् । चिचिरी–गेन्द्रो दिवसलाई धिमाल खाना महोत्सवको सांकेतिक अर्थ लगाइएको छ ।
काठमाडौं, २० चैत । भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल वाराणसी पुगेका छन् ।
जनकपुरधाम, १९ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल सञ्चालनपछि नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताएकी छन् ।
काठमाडौं, १९ चैत । नेपाल र भारतका प्रधानमन्त्रीले जयनगर–जनकपुर–कुर्थासम्म चल्ने रेलसेवाको उद्घाटन गरेका छन् ।
काठमाडौं, १९ चैत । तीनदिने औपचारिक भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
काठमाडौं, १९ चैत । भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँग चार वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।