वीरगंज, १२ चैत । मधेश प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई एक कार्यक्रमबीच पर्यटकीय क्षेत्र घोषणा गरिएको हो ।
जनकपुरधाम, १२ चैत । नवगठित तराई मधेश लोकतान्त्रिक पार्टीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।
काठमाडौं, १२ चैत । शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताहरूले सांसद प्रमोद साहमाथि आक्रमण गरेको आरोप जनता समाजवादी पार्टी नेपालले लगाएको छ ।
रविन्द्र यादव, नवलपरासी पश्चिम, १२ चैत । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा ७७ वटै जिल्लामा आवेदन दिने म्याद शुक्रबार सकिएको छ ।
कपिलवस्तु, १२ चैत । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान कपिलवस्तुले प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम सम्पन्न गरेको छ ।
जनकपुरधाम, १२ चैत । मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेश सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।
जनकपुरधाम, १२ चैत । मधेश प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने निर्णय गरेको छ । प्रदेश सरकारले यसका लागि १० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
काठमाडौं, १२ चैत । सर्वोच्च अदालतले जसपाको आधिकारिकता छुट्याउन निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध महन्थ ठाकुरले दायर गरेको दुईवटा रिट निवेदन तामेलीमा राख्ने निर्णय गरेको छ ।
सर्लाही, १२ चैत । जनता समाजवादी पार्टी नेपालका संघीय सांसद एवं प्रमुख सचेतक प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ ।
काठमाडौं, १२ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणका लागि आएका छन् । तीन दिने भ्रमणका क्रममा उनले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
जनकपुरधाम, ११ चैत । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष उदयचन्द्र झा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गतेका छन् ।
वीरगंज ११ चैत । हिन्दू परिषद नेपाल केन्द्रीय कमिटिको गीता मन्दिर वीरगंजमा बैठक सम्पन्न भएको छ । पर्सा, बारा, रौतहट लगायतको परिषद्का जिम्मेवार ब्यक्तित्वहरुको बैठकले केन्द्रीय कमिटी विस्तार गरेको छ ।
वीरगंज, ११ चैत । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मानव सेवा आश्रम वीरगंज भवनको शिलान्यास गरेका छन् ।
काठमाडौं, ११ चैत । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियान तीब्र पारेको छ ।
काठमाडौं, ११ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते तीनदिने भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं, ११ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन गरेको आग्रहलाई लोकतान्त्रिक समाजवादी पार्टीले सकारात्मक रूपमा लिएको छ ।
जनकपुरधाम, ११ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।
जनकपुरधाम, ११ चैत । मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ६ वटा राष्ट्रिय दलबाहेकका २१५ वटा दल दर्ता भएका छन् ।
महोत्तरी, ११ चैत । जिल्लाको एक तथ्यांकअनुसार महोत्तरीका सबै पालिकाहरूको कुल बजेटको करिब ५५ प्रतिशत बजेट सडक सञ्जालमा नै खर्च भएको देखिएको छ ।
जनकपुरधाम, ११ चैत । मधेश प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । नयाँ कोरोना संक्रमित घट्दै गएपछि मधेश प्रदेशको तीन जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।
जनकपुरधाम, १० चैत । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म अब दैनिक उडान सुरु भएको छ ।
सिरहा, १० चैत । सिरहाको मिर्चैयास्थित मोहन नमुना माध्यमिक (प्राविधिक) विद्यालय मिर्चैयामा शिक्षक भर्नामा आर्थिक चलखेल गरेको भन्दै भएको विवाद उग्र बनेको छ ।
वीरगञ्ज, १० चैत । नेपाल चेम्बर अफ कमर्श र वीरगञ्ज उद्योग वाणिज्यसंघले देशको वर्तमान आर्थिक स्थितिको विषयमा छलफल गरेका छन् ।