कपिलवस्तु, ३ चैत । विजयनगर गाउँपालिका–६ खडैचामा ना.१ ख ७४५३ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रौतहट, ३ चैत । वृन्दावन नगरपालिका–६ ठुलो हर्षाहामा बा.१७ च ६१६३ नम्बरको पिक–अप गाडीको ठक्करबाट ना.४३ प ७३२७ नम्बरको मोटरसाइकलमा सवार २ जनाको बुधबार राति मृत्यु भएको छ ।
झापा, ३ चैत । मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ३ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
धनुषा, ३ फागुन । शहिदनगर नगरपालिका–३ यदुकुवाबाट करिब ९ केजी अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
रूपन्देही, ३ फागुन । बुटवल उपमहानगरपालिका–१९ पत्थरगंज बस्ने ३२ वर्षीय खिम क्षेत्रीलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर, ३ चैत । जनकपुरधाममा दुई दिनसम्मका लागि मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ ।
काठमाडौं, ३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी र वडासचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
काठमाडौं, २ चैत । समतावादी, सामाजिक तथा सदभावाको पर्वको रुपमा रहेको होली पर्व सतर्क एवं सावधानीका साथ मनाउन मधेशी आयोगले अनुरोध गरेको छ ।
जनकपुरधाम, २ चैत । पछिल्लो समय खाना पकाउन एलपिजी ग्यासको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय चुलोलाई प्रोत्साहित गर्ने अभियान मधेश प्रदेशमा सुरु भएको छ ।
काठमाडौं, १ चैत । पर्सा जिल्लाको पोखरिया नगरपालिका–६ का वडाअध्यक्ष सिमानन्द चौहानसहितको समूह एमालेमा प्रवेश गरेको छ ।
महोत्तरी, १ चैत । जिल्लाको मटिहानी नगरपालिकाको नगर प्रमुख हरिप्रसाद मण्डलले वडा नं. ७ मा नवनिर्मित मणिराम बाबा कुट्टी (भवन) को एक समारोहबीच उद्घाटन गरेका छन् ।
काठमाडौं, १ चैत । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको निर्माणका लागि आयोजित भूमिपूजन कार्यक्रमको संयुक्त रुपमा सम्पन्न भएको छ ।
काठमाडौं, १ चैत । मधेशी एकता समाजले होलीको अवसरमा युएई का विभिन्न इमरातमा रहेका मधेशीलाई लक्षित गरि भव्यताका साथ “होली रंगोत्सव” को आयोजना गरेको छ ।
काठमाडौं, ३० फागुन । मकवानपुर जिल्लाको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौं, ३० फागुन । पार्टीभित्रको विवाद साम्य गर्न असफल भएपछि जनता समाजवादी पार्टी (जसपा)ले तीन सदस्यीय मुख्यालय समिति गठन गरेको छ ।
महोत्तरी, ३० फागुन । जिल्लाको मटिहानी नगरपालिका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले सिमरदहीमा नवनिर्मित बक्स कलभर्ट (पुल)को एक समारोहबीच उद्घाटन गरेका छन् ।
रौतहट, ३० फागुन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन् ।
रुपन्देही, ३० फागुन । कञ्चन गाउँपालिका–३ लखनचोक बस्ने ४३ वर्षीय कृष्ण भण्डारी र सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर श्रीसलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, ३० फागुन । ईशनाथ नगरपालिका–५ लक्ष्मीनिया टोल बस्ने ५० वर्षीय तेजा हुसेन खानको घरमा लामखुट्टे धपाउनको लागि बालेको आगोबाट आइतबार राति आगलागी भएको छ ।
काठमाडौं, ३० फागुन । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजना उद्घाटन भएका छन् ।
नयाँदिल्ली, ३० फागुन । भारतले दुई वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडानलाई पुनः संचालनमा ल्याउने भएको छ । कोरोना भाइरसको जोखिमका कारण कडाई गरेको उडानमा परिवर्तन गर्दै २७ मार्चबाट नियमित उडान पुनः सञ्चालनमा ल्याउन लागेको भारत सरकारले जनाएको हो ।
बाँके, ३० फागुन । कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् ।