वीरगन्ज, २४ फागुन । वीरगञ्जका उद्योगी व्यवसायीहरूले भारत र नेपालबीच हुने व्यापार र पारवहनमा देखिएको समस्या समाधान गरिदिन भारतीय महावाणिज्य दूतावाससँग आग्रह गरेका छन् ।

जनकपुरधाम, २३ फागुन । मधेश प्रदेशको भ्रमणमा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालकै सबैभन्दा पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गरेका छन् ।

सर्लाही, २३ फागुन । सर्लाहीमा नेपाली कांग्रेसको विवाद थप पेचिलो बन्दै गएको छ । सोमबार नेतृत्व चयनका लागि मतदान हुनु पर्नेमा हुन नसकेपछि अनिश्चितकालका लागि मतदान प्रक्रिया स्थगित भएको छ ।

बाँके, २३ फागुन । खजुरा गाउँपालिका–१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागू औषध ब्राउनसुगर र म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोल सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम, २३ फागुन । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले होलीपछि किसान आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सप्तरी, २३ फागुन । विवादका कारण स्थगित भएको नेपाली कांग्रेस, सप्तरीको निर्वाचन भोलि मंगलबार हुने भएको छ ।

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २२ फागुन । नेपाल पारा भेटरिनरी एण्ड लाइभस्टक एसोसियनका केन्द्रीय अध्यक्ष राम प्रसाद मेहताले कृषि क्षेत्रको उचित व्यवस्थापन गर्ने गरि काम गरे मात्र स्वरोजगार हुने बताएका छन् ।

काठमाडौं, २२ फागुन । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशलाई अर्ली इलेक्शनमा लैजाने कुरा आफूलाई थाहा नभएको बताएका छन् ।

बारा, २२ फागुन । हिन्दू परिषद नेपालको दोस्रो केन्द्रीय साधारण सभाबाट अध्यक्षमा पुनः सन्तोष पटेल चयन भएका छन् ।

काठमाडौं, २२ फागुन । नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूलाई १३२ केभी प्रसारणलाइनबाट विद्युत् आपूर्ति लिन आह्वान गरेको छ ।

जनकपुरधाम, २२ फागुन । मधेश प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरुलाई सबल र सक्षम बनाउन ३५ दिने सेवाकालीन तालिम शुरु गरेको छ ।

जनकपुरधाम, २२ फागुन । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले दलीय आधारको निर्वाचन अभ्यासमा दलको आफ्नो चुनाव चिन्ह लिनबाट बाधिक गर्नु पूर्णतः अनुचित रहेको बताएका छन् ।

रविन्द्र यादव, नवलपरासी पश्चिम, २२ फागुन । जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय अध्यक्ष हृदयेश त्रिपाठीलाई गृहजिल्ला नवलपरासी पश्चिममा शनिबार भव्य स्वागत गरिएको छ ।

जनकपुरधाम, २२ फागुन । सामुदायिक रेडियोहरुको उपकरण बीमा र विद्युत महसुलमा अनुदानको लागि प्रदेश सरकारसँग माग गर्ने घोषणासहित सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) मधश प्रदेशको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।

जनकपुरधाम, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मधेश प्रदेश भ्रमणमा आएका छन् । बुद्ध एयरले सुरु गरेको जनकपुर–पोखरा सिधा हवाई सेवाको अवसरमा उनी जनकपुरधाम आइपुगेका हुन् ।

वीरगंज, २२ फागुन । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेशमा छोरीमाथिको विभेद अझै कायम रहेको बताएका छन् । उनले छोरीलाई छोरासरह व्यवहार अझ पनि हुन नसकेको स्वीकारेका छन् ।

रुपन्देही, २२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताएका छन् ।

महोत्तरी, २१ फागुन । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महोत्तरीमा नागेश्वर यादव सर्वसम्मत निर्वाचित भएका छन् ।

कपिलवस्तु, २१ फागुन । महाराजगंज नगरपालिका वडा नं ८ मा रहेको कजरहवा स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती सेवा संचालनमा ल्याइएको छ ।

महोत्तरी, २१ फागुन । मटिहानी नगरपालिका–८ मटिहानी बजारस्थित सोही नगरपालिका–७ बस्ने भोला महतोको सीता किराना पसल अगाडि राखेको घुम्तीमा रहेको फ्रिजबाट बिद्युत सर्ट भई शनिबार बिहान आगलागी भएको छ ।

रौतहट, २१ फागुन । गढीमाई नगरपालिका–८ स्थित सडकमा डब्लु बी ४० जेड ३८२० नम्बरको स्कारपिओको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

राजविराज, २० फागुन । राजविराजमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २० फागुन । वाणगंगा नगरपालिकाको जीतपुरमा प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ फागुन २७ मा हुने भएको छ । स्थानीय युवाहरुको स्िरकयतामा उक्त महोत्सव संचालन गर्न लागिएको हो ।

काठमाडौ, २० फागुन । ई.बलराम मिश्रलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणू यादवले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको विशेषज्ञमा नियुक्त गरेकी छन् ।

एउटा समाचार आएको छ, वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान–प्रदान गर्न नेपाल र भारतका अधिकारीबीचम समन्वयात्मक बैठक भएको छ । भारतको वाल्मीकि टाइगर रिजर्बको मङ्गुराहमा उक्त बैठक बसेको हो ।

ट्रेन्डिङ