जनकपुरधाम, १३ फागुन । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले नगरक्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ ।
जनकपुरधाम, १३ फागुन । मधेश प्रदेशमा एक वर्षमा भएको मानवअधिकार उल्लंघन र ज्यादतीको घटनामा सात सय जनाभन्दा बढी व्यक्ति पीडित भएका छन् ।
जनकपुरधाम, १२ फागुन । जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् । रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन् ।
जनकपुरधाम, १२ फागुन । मधेश प्रदेश सरकारले राजधानी क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गको तथ्यांक उपलब्ध गराउन धनुषा र महोत्तरीको नापी, मालपोत र गुठी संस्थान कार्यालयलाई निर्देशन दिएको छ ।
काठमाडौं, १२ फागुन । भारतीय सेनाले नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहार स्वरुप प्रदान गरेको छ ।
राजविराज, १२ फागुन । सप्तरीमा पहिलो पल्ट उच्च माविमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन हुने भएको छ ।
काठमाडौं, १२ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले बिहीबार भेट गरेको छ ।
कपिलवस्तु, १२ फागुन । नेपाली कांग्र्र्रेस कपिलवस्तु नगरपालिकाले विधानमा भएको व्यवस्थाअनुसार कोषाध्यक्ष नगरसदस्य र कार्य सम्पादन समिति गठन गरेको छ ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, १२ फागुन । बुद्धभूमि नगरपालिका वडा नम्बर ७ मानपुरमा १ करोड १६ लाख बढी लागतको बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवनको बुधबार शिलान्यास गरिएको छ ।
काठमाडौं, १२ फागुन । राष्ट्रिय एकता अभियानले काठमाडौं–काराँची सिधा हवाई उडानका लागि गरिएको प्रस्तावप्रति विरोध जनाएको छ ।
रुपन्देही, ११ फागुन । बुटवल उपमहानगरपालिकान–११ मैनाबगरस्थित पशुपती बानियाँको दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
काठमाडौं, ११ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्णय गरेको छ ।
काठमाडौं, ११ फागुन । वैदेशिक रोजगारको क्रममा दुबईमा मृत्यु भएका धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुर बस्ने योगेन्द्र भेडिहारको परिवारलाई मधेशी एकता समाजले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
काठमाडौं, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज बस्दै छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ ।
काठमाडौं, ११ फागुन । नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी)को बैठक आजदेखि बस्दैछ । दुई दिनसम्म चल्ने बैठक काठमाडौंको होटल हायातमा बस्ने छ ।
रुपन्देही, ११ फागुन । कञ्चन गाउँपालिका–३ झारगैराबाट करिब ७ ग्राम ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ११ फागुन । बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा संलग्न चिनियाँ नागरिक च्याङ हि बाओ सहित २४ पुरुष र १३ महिला गरी जम्मा ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १० फागुन । दुई महिनादेखि जारी किसान आन्दोलन अन्तरगत मंगलबार तराई–मधेशका प्रदेश तथा विभिन्न जिल्ला निर्वाचन कार्यालयहरुलाई ज्ञापन पत्र बुझाइएको छ ।
कपिलवस्तु, १० फागुन । शिवराज नगरपालिका–३ खगेन्द्रपुरस्थित छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको छ ।
भक्तपुर, १० फागुन । सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १० फागुन । भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १० फागुन । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली केन्द्रीय नेताहरु तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।
काठमाडौं, १० फागुन । छिमेकी मित्रराष्ट्र भारतको ७४औं सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावसको रक्षा प्रभागले आइतबार एक समारोहको आयोजना गरेको थियो ।