विराटनगर, १० फागुन । प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौं, १० फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले आफ्नो सयदिने प्रगति विवरण सार्वजनिक गरेका छन् ।

काठमाडौं, १० फागुन । नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक भोली बुधबारदेखि काठमाडौंको होटल हायातमा बस्न लागेको छ ।

रविन्द्र यादव, नवलपरासी पश्चिम, १० फागुन । नवलपरासी पश्चिम जिल्ला प्रतापपुर गाउँपालिकाका युवा नेता एवम् सामाजिक व्यक्तित्व राजेश प्रसाद चौधरीको विशेष पहलमा सात कोठे पक्की विद्यालय भवन निर्माण कार्य सुरु भएको छ ।

रुपन्देही, ९ फागुन । सैनामैना नगरपालिका–११ इँटाखोलास्थित सडकमा लु.२ ख ५७९३ नम्बरको टिपर र लु.३६ प ९८९१ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।

रुपन्देही, ९ फागुन । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओमसतीया गाउँपालिका–६ बस्ने २० वर्षीय ईन्सास अलीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, ९ फागुन । पुनः विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारी समितिको बैठक बस्न लागेको छ ।

कैलाली, ९ फागुन । भजनी नगरपालिका–९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ ।

रविन्द्र यादव, नवलपरासी पश्चिम, ९ फागुन । नवलपरासी पश्चिममा विभिन्न मुद्दामा फरार रहेका २० जना अभियुक्तलाई आइतबार प्रहरीले एकैदिन पक्राउ गरेको छ ।

मलंगवा, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सर्लाही जिल्ला कमिटीको ८औं अधिवेशनमा विवाद भएको छ । विवादका वीच सर्वसम्मती भन्दै अध्यक्ष मण्डलले जिल्ला कमिटीको घोषणा गरेको छ ।

सप्तरी, ८ फागुन । जनता समाजवादी नेपाल अग्निसाईर कृष्णासवरण गाउँपालिका कार्यालयको केन्द्रीय कार्यकारिणी सदस्य नवलकिशोर साहले उद्घाटन गरेका छन् ।

कपिलवस्तु, ८ फागुन । शिवराज नगरपालिका–१० सितलापुर बस्ने बगेदन कुर्मीको घरमा महाराजगंजबाट विवाहको जन्ती आएकोमा जन्तीहरुले पटका पट्काउने क्रममा आगलागी भएको छ ।

कैलाली, ८ फागुन । लम्किचुहा नगरपालिका–३ चिसापानी नयाँबस्ती बस्ने २२ वर्षीय बीरेन्द्र बिष्ट र २८ वर्षीय राज सुनारलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले जनभावना विपरीत पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधिसभामा टेबल हुने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले संसदमा टेबल गर्ने सहमति गरेको हो ।

काठमाडौं, ८ फागुन । निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी नामक राजनीतिक दल दर्ता भएको छ, जसको चुनाव चिन्ह आँखा रहेको छ ।

रौतहट, ७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले उत्पीडित समुदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी रहेको बताएका छन् ।

वीरगञ्ज, ७ फागुन । दिगो बिकासका लक्ष्य गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा मधेश प्रदेशका युवाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।

काठमाडौं, ७ फागुन । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेश प्रदेशको सिरहा र सप्तरीमा रहेको ठाडी–लौकाहा, बेल्ही–लौकाहा, बेल्ही–लक्ष्मीपुर, रामनगर–कोदरकट्टीमा रहेको नेपाल–भारत सीमा को निरीक्षण गरेका छन् ।

जनकपुरधाम, ६ फागुन । मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

काठमाडौं, ६ फागुन । चीनले नेपाली भूमि अतिक्रमण गरेको विषय अब आम भएको छ । बीबीसीले पनि चीनले नेपालको भूमि कब्जा गरेको समाचार प्रकाशित गरिसकेको छ ।

बाँके, ६ फागुन । जानकी गाउँपालिका–४ बेलनियामा रोटाभेटर (डल्ला फोर्ने मेसिन)ले च्यापीएर सोही ठाउँ बस्ने अशोक कार्कीका छोरा १३ वर्षीय रोहीत कार्कीको मृत्यु भएको छ ।

रुपन्देही, ६ फागुन । बुटवल उपमहानगरपालिका–१ तिनाउपुलबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ४ लाख रुपैयाँ मूल्य बराबरको १ सय ८८ जोर जुत्ता र १ हजार २ सय ९६ मिटर कपडा सहित सैनामैना नगरपालिका–२ बस्ने २८ वर्षीय कृष्ण थापा र ४० वर्षीय तुलसी थारूलाई प्रहरीले बरामद गरेको छ ।

वीरगञ्ज, ६ फागुन । पत्रकार गोपालभन्द्र गौतम प्रतिष्ठानले प्रदान गर्दैआएको गोतामे पत्रकारिता पुरस्कारबाट यस वर्ष सप्तरीका पत्रकार बैद्यनाथ झा पुरस्कृत भएका छन् ।

विराटनगर, ६ फागुन । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले संसद्को आउँदो अधिवेशनमा प्रदेशको नाम टुंगो लगाउने प्रयास गर्ने आश्वासन दिए ।

ट्रेन्डिङ