वीरगन्ज, २६ माघ । हिन्दू परिषद नेपालले रौतहट जिल्ला इशनाथ नगरपालिका बड़ा न.५ लक्ष्मीनियामा हिन्दू समाजमाथि भएको आक्रमणको विरोधमा देशभर प्रर्दशन गरेको छ ।
जनकपुरधाम, २६ माघ । जनता आवास भवनको लाभग्राही सूचीमा आफ्नो पनि नाम परेको सुनेपछि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका– १ का सुरज मरिक डुमको खुसीको सीमा नै थिएन् ।
जनकपुरधाम, २६ माघ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।
सर्लाही, २६ माघ । सर्लाही जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज प्रभावित भएको छ ।
जनकपुरधाम, २६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिले यस प्रदेशका जनप्रतिनिधिहरुको अधिकार कटौती भएको भन्दै आपत्ति जनाएको छ ।
काठमाडौं, २६ माघ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगले दल दर्ताका क्रममा प्रदान गरेको चुनाव चिन्हलाई नै निर्वाचनमा मान्यता दिन माग गरेको छ ।
मोरङ, २६ माघ । रंगेली नगरालिका–८ झमनपुर बस्ने ५५ वर्षीय मंगलु ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ ।
वीरगन्ज, २६ माघ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
मोरङ, २५ माघ । ग्रामथान गाउँपालिका–६ भर्चौल बस्ने बजरुलाल माझीको घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
कपिलवस्तु, २५ माघ । आफूलाई भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ मकवानपुर, कामधेनुगाई फार्म प्रालि खैरेनीपुर चितवन लगायत अन्य विभिन्न फर्मको प्रोपाईटर बताई ठगी कार्यमा संलग्न रहेको अभियोगमा प्युठान तोरवाङ गाउँपालिका–६ घर भई हाल झिमरुक गाउँपालिका–६ तोरवाङ बस्ने ५० वर्षीय ईश्वरी प्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २५ माघ । रौतहटको इशानाथ नगरपालिकामा केही मुस्लिम महिलाहरुले सरस्वती पूजाको मुर्ति विसर्जन गर्ने दिन मुर्ति माथि चप्पल प्रहार गरेको उजुरी माथि मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको गम्भीर ध्यानकर्षण भएको छ ।
काठमाडौं, २५ माघ । चीनले नेपालको सीमा अतिक्रमणको प्रयास गरेको खुलेको छ । नेपाल सरकारको गोप्य प्रतिवेदनलाई आधार बनाउँलै उक्त विषयको रहस्योद्घाटन अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी न्युजले गरेको छ ।
धनुषा, २५ माघ । क्षिरेश्वरनाथ नगरपालिका–९ ईच्छापुर बस्ने ८० वर्षीया मटरी देवी पंडितको खाना पकाउने क्रममा जलेर सोमबार राति मृत्यु भएको छ ।
कैलाली, २५ माघ । लम्कीचुहा नगरपालिका–४ छोट्की बलियास्थित चोरी खोलाबाट दुर्लभ वन्यजन्तु जीवित सालक सहित सोही नगरपालिका–१ बस्ने जनक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २५ माघ । यशोधरा गाउँपालिका–७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ हजार किलो केराउसहित पक्राउ परेको छ ।
कपिलवस्तु, २५ माघ । मायादेवी गाउँपालिका–४ ठाकुरापुरस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौं, २५ माघ । डेढ महिनासम्म किसानको नाममा आन्दोलन गरेको डा.सीके राउत नेतृत्वको जनमत पार्टी अब स्थानीय तहको निर्वाचन तयारीमा तीव्रता दिएको छ ।
काठमाडौं, २४ माघ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय सरकारले गरेको छ ।
काठमाडौं, २४ माघ । राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
रुपन्देही, २४ माघ । लुम्बिनी सास्कृतिक नगरपालिका–१ भगावनपुर घर भएका विष्णु नारायणको सोही ठाउँ खुनगाईस्थित विद्युत सर्ट भई आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ ।
पर्सा, २४ माघ । जिराभवानीपुर गाउँपालिका–४ भवानीपुरस्थित सडकमा बा.५५ प ६५२८ नम्बरको मोटरसाइकल र ना.४ त ८१४६ नम्बरको ट्याक्टर ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
रुपन्देही, २४ माघ । बुटवल उपमहानगरपालिका–१२ स्थित सडकमा रोकी राखेको ना.२ ख ९७७२ नम्बरको ट्रकमा लु.३ च ४४४२ नम्बरको कार ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा कारमा सवार ३ जनाको मृत्यु भएको छ ।
मोरङ, २४ माघ । सुन्दरहरैचा नगरपालिका–७ स्थित विश्वकर्मा मन्दिर अगाडि सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, एभिल ९ एम्पुल, फेनारगन १० एम्पुल र लुप्रिजेसिक १० एम्पुल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, २३ माघ । मधेश प्रदेशमा एक राज्यमन्त्री नियुक्त भएका छन् । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट एकजना राज्यमन्त्री थपिएका हुन् ।