रुपन्देही, २३ माघ । बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलस्थित सडकमा बा.१९ च ९१५७ नम्बरको स्कारपियो गाडीले लु. २४ प २७५७ नम्बरको मोटरसाइकललाई एक युवकको मृत्यु भएको छ ।

रुपन्देही, २२ माघ । तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु.३७ प ६३५१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मोरङ, २२ माघ । धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको घटनामा संलग्न थप २ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम, २२ माघ । मधेश प्रदेश सरकारले प्रदेशका किसानहरुको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

काठमाडौं, २१ माघ । संसारको सबैभन्दा ठूलो कोइला खानी कोल इन्डिया लिमिटेडले नेपाल, बंगलादेश र भुटानमा सीधारुपमा कोइला निर्यात गर्ने भएको छ ।

धनुषा, २१ माघ । विद्यालयको प्रांगणमा रहेको भिस (मसाला) को रूख हावाहुरीको कारण भाँचिएर चोट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

रौतहट, २१ माघ । अविरल वर्षाका कारण घर भत्किँदा सोही घरले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

मोरङ, २१ माघ । हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

जनकपुरधाम, २१ माघ । मधेश प्रदेशको प्रदेशसभाले चार वर्ष पूरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको छ । चार वर्षअघि प्रदेशसभाको पहिलो बैठक माघ २१ गते बसेको थियो ।

बाँके, २१ माघ । नेपालगंज उपमहानगरपालिका–७ गगनगंज बस्ने आदित्य श्रेष्ठलाई ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, तौल गर्ने तराजु र नगद १० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २१ माघ । छिमेकी मित्रराष्ट्र चीनले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण सीमा क्षेत्रका सर्वसाधारणदेखि व्यापारी तथा व्यवसायीहरू मारमा परेका छन् ।

कपिलवस्तु, २१ माघ । यशोधरा गाउँपालिका–८ सिहंखोर बस्ने २० वर्षीया रहिसुन निसाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम, २० माघ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिता अनुसार धनुषाको जनसंख्या साढे ८ लाख भन्दा बढी रहेको छ । यस जिल्लामा १० वर्षको अवधिमा एकलाख भन्दा बढीले जनसंख्या वृद्धि भएको हो ।

काठमाडौं, २० माघ । नेपाल सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पेश गर्नका लागि छलफल थाल्दा चिनियाँ पक्षले त्यसलाई पेश नगर्न दबाब दिँदै आएको छ ।

काठमाडौं, २० माघ । एमसीसी पास गर्ने कसरतमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्ययक्ष महन्थ ठाकुरलाई आगैह गरेका छन् ।

काठमाडौं, २० माघ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको अगुवाईमा भइरहेको किसान आन्दोलन अन्तरगत बिहीबार मोरङ्गदेखि बर्दियासम्म लोकमार्ग बन्द गरी प्रदर्शन भइरहेको छ ।

जनकपुरधाम, २० माघ । मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकारको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य बीमा हुन लागेको बताएका छन् ।

जनकपुरधाम, २० माघ । मधेश प्रदेशको प्रदेशसभामा रिक्त विभिन्न विषयगत समितिका सभापतिहरू चयन प्रक्रिया शुरु भएको छ । यसका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ ।

नेपालगञ्ज, १९ माघ । बाँकेमा विद्यार्थीलाई मोडेर्ना खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप लगाउन सुरु गरेको हो ।

काठमाडौं, १९ माघ । सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । भारतबाट आएको टिमले

जनकपुरधाम, १९ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियूका विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका छन् ।

पर्सा, १९ माघ । वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित आईरियन्ट ईन्पोर्ट एण्ड स्पोर्ट कोईला डिपोमा बुधबार बिहान आगलागी भएको छ ।

मोरङ, १९ माघ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सिताराम लुईटेललाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, १९ माघ । वीरगंज महानगरपालिका–१५ भिष्वा चोकमा पर्किङ गरी राखेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

मोरङ, १९ माघ । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–२ बस्ने ४८ वर्षीय कमल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ