नेपालगन्ज, १५ माघ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएका २१ वटा घर गरिब तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ ।

काठमाडौं, १५ माघ । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् ।

वीरगन्ज, १४ माघ । चिनियाँ हस्तक्षेप, अघोषित नाकाबन्दी, सीमा अतिक्रमणविरुद्ध राष्ट्रिय एकता अभियानले वीरगन्जमा पनि प्रदर्शन गरेको छ ।

रौतहट, १४ माघ । मधेश आन्दोलनका घाइतेलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । शुक्रबार मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

जनकपुरधाम, १४ माघ । शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधि गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही गर्न जनता समाजवादी पार्टी (जसपा) ले माग गरेको छ ।

मोरङ, १४ माघ । सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिललाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके, १४ माघ । नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट एक युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, १४ माघ । वीरगन्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीहरूलाई ५० प्रतिशतसम्म कर छुट दिने प्रतिवद्धता जनाएको छ ।

काठमाडौं, १४ माघ । नेपाल–भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यका साथ आयोजना हुने नेपाल–भारत साहित्य महोत्सव कोभिड महामारीका कारण स्थगित भएको छ ।

जनकपुरधाम, १४ माघ । कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा हालसम्म लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन् । साथै‚ करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन् ।

जनकपुरधाम, १४ माघ । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेश प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।

काठमाडौं, १४ माघ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा प्रकाशन गरेको छ । नतिजाअनुसार हिमालमा जनसंख्या घटेको छ । १० वर्षयता पहाडमा बसोबास गर्ने जनसंख्या केही बढे पनि प्रतिशतको हिसाबले घटेको छ । तर मधेको जनसंख्या ५०.२७ प्रतिशतबाट बढेर ५३.६६ प्रतिशत पुगेको छ ।

राजविराज, १३ माघ । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले निजीक्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार हरसम्भव प्रयास गरिरहेकोे बताएका छन् ।

विराटनगर, १३ माघ । राष्ट्रिय एकता अभियान नेपालले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा प्रदर्शन गरेको छ । 

जनकपुरधाम, १३ माघ । जनकपुरधामः राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा अन्य समूहतर्फ सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजयी भएका छन् ।

काठमाडौं, १२ माघ । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीसँग धोका भएको छ । गठबन्धनकै अन्य दलहरुले जसपासँग धोकाको राजनीति गरेको हो ।

जनकपुरधाम, १२ माघ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारलाई किसान आन्दोलनका ११ बुँदे मागहरुसहित ज्ञापनपत्र बुझाएको छ ।

जनकपुरधाम, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा मतदान सम्पन्न भएको छ ।

नयाँदिल्ली, १२ माघ । भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा केन्द्र सरकारले पद्म पुरस्कारको घोषणा गरेको छ ।

काठमाडौं, १२ माघ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताएका छन् ।

पर्सा, १२ माघ । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–७ घर भई हाल चितवन भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं, १२ माघ । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ । 

काठमाडौं, १२ माघ । छिमेकी मित्रराष्ट्र भारत आफ्नो ७३औं गणतन्त्र दिवस मनाउँदैछ । जनवरी २६ का दिन भारतका संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइने गरिन्छ ।

महोत्तरी, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ ।

जलेश्वर, ११ माघ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागु गरेको छ ।  कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

ट्रेन्डिङ