विराटनगर, १९ माघ । मधेशी आयोगले प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङलाई तेस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नं. १ को कार्यालय विराटनगरमा आयोगका सदस्यहरु

जनकपुरधाम, १८ माघ । मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना निर्माणका लागि अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

काठमाडौं, १८ माघ । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि नेपाल र भारतबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बर्दिया, १८ माघ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका–६ बस्ने ४१ वर्षीय मनिराम थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी, १८ माघ । जिल्लाको धनगढी उपमहानगरपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।

काठमाडौं, १८ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नागरिक अगुवाहरुले सत्ता गठबन्धनका नेताहरुलाई पत्र बुझाएका छन् ।

जनकपुरधाम, १८ माघ । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारले गर्ने जनपक्षीय कार्यहरूलाई वाइपास गरी नकारात्मक प्रचारलाई बढाबा दिने काम भइरहेको गुसानो गरेका छन् ।

सर्लाही, १७ माघ । सर्लाहीका छात्रछात्रालाई सोमबारदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन सोमबारदेखि माघ २१ गतेसम्म विद्यालय खुलाइने छ ।

महोत्तरी, १७ माघ । महोत्तरीका १२–१७ वर्ष उमेरका विद्यार्थीको लागि ७४ हजार ४ सय २१ मोडर्ना खोप आइपुगेको छ । १५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका

रूपन्देही, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २१ भ्रातृ संगठनले तत्काल स्थानीय तह निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

जनकपुरधाम, १७ माघ । रेल्वेका पुराना कर्मचारीहरूले जनकपुरधाम स्टेशनस्थित कार्यालयमा लगाइदिएको ताला प्रहरीले तोडेको छ ।

जनकपुरधाम, १७ माघ । किसान आन्दोलनलाई निरन्तरता दिएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशका जिल्लाहरुमा बयलगाडा जुलुस निकालेको छ ।

जनकपुरधाम, १७ माघ । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बन्द रहेको छोरी बीमा कार्यक्रम फेरि केही दिनभित्रै शुरु हुने बताएका छन् ।

काठमाडौं, १७ माघ । निजामती कर्मचारीहरुको राष्ट्रियस्तरको टेड्र युनियन ‘नेपाल मधेशी निजामती कर्मचारी मञ्च’ले आफ्नो १५औं स्थापना दिवस मनाएको छ ।

कपिलवस्तु, १७ माघ । कपिलवस्तु नगरपालिका–२ बर्गदवाबाट ललितपुर महालक्ष्मी नगरपालिका–१ ईमाडोल बस्ने ३२ वर्षीय अरुण मोक्तानलाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

अजय कुमार सिंह, जनकपुरधाम, १७ माघ । जनकपुरधाम माता जानकीको पवित्र जन्मभूमि आफैमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पौराणिक महत्व बोकेको धरती हो ।

काठमाडौं, १६ माघ । मधेशका विभिन्न स्थानमा जारी किसानको आन्दोलन र त्यसमा राज्यद्वारा बल प्रयोग गरिएको घटनाका विषयमा मधेशी आयोगको ध्यानाकर्षण भएको छ ।

काठमाडौं, १६ माघ । निर्वाचन अगावै स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस कार्यान्वयन गर्न माग हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले माग गरेको छ ।

राजविराज, १६ माघ । सनातन हिन्दू राष्ट्र नेपालका लागि संघर्ष गर्न सनातन गठबन्धन घोषणा भएको छ । देशमा क्रियाशील ११ वटा धार्मिक संगठन एवं अभियन्ताहरुको उपस्थितिमा राजविराजमा गठबन्धन घोषणा भएको हो ।

काठमाडौं, १६ माघ । धर्मनिरपेक्षताका कारण लोकतन्त्र र गणतन्त्र खतरामा परेको भन्दै नेपाल पुनः हिन्दू राष्ट्र हुनुपर्ने माग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कृष्णा सिंहले माग गरेका छन् ।

बाँके, १६ माघ । कोहलपुर नगरपालिका–६ रझेना बस्ने दिनेश थारुको छोरा १ वर्षीय निसान्त थारुको पानीमा डुबेर मृत्यु भएको छ ।

पर्सा, १६ माघ । वीरगंज महानगरपालिका–१५ भिष्वामा डेरा गरी बस्ने सोही महानगरपालिका–१६ घर भएका सरोज महतो कुश्वाहाकी छोरी १० वर्षीया रिजवाना महतोको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका–१६ बस्ने मोती पटेल भन्ने ४० वर्षीय मोतीलाल प्रसाद कुर्मीलाई माघ २ गते प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १५ माघ । चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वका चीनमा नेपालबारे भ्रामक र झुटा समाचार फैलाउने गरेको पाइएको छ ।

धनुषा, १५ माघ । जनकपुर उपमहानगरपालिका–१८ महुवास्थित सडकमा ज.११ प ७९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सर्लाही, १५ माघ । मलंगवा नगरपालिका–७ गणेशिया चोकबाट करिब २० केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका–२ बैकुण्ठ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ