बाँके, ११ माघ । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ परसपुर ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा भाडाकुडा बरामद गरेको छ ।
पर्सा, ११ माघ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महनागरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्ना प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा, ११ माघ । गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पूलस्थित सडकमा ना.७ ख ७४४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवालको सोमबार राति मृत्यु भएको छ ।
कैलाली, ११ माघ । धनगढी उपमहानगरपालिका–४ एकताटोलबाट करिब ९ सय ग्राम अवैध लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।
पर्सा, ११ माघ । जगरनाथपुर गाउँपालिका–६ बस्ने नागेसर प्रसाद कुर्मीको छोरा १२ वर्षीय मन्टु प्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज, ११ माघ । नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ की ७० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
काठमाडौं, ११ माघ । नेपाली जनता दलले यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा आफ्ना प्रदेश सभा सदस्य, नगर/गाउँपालिका प्रमुख तथा उपप्रमुखहरुलाई ह्वीप जारी गरेको छ ।
जनकपुरधाम, ११ माघ । मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने कोरोना संक्रमितका लागि अलगै व्यवस्था गरिएको छ ।
काठमाडौं, १० माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी महिला संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पक्षमा प्रदर्शन गरेको छ ।
बाँके, १० माघ । नेपालगंज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, नगद १ लाख ८३ हजार ६० रुपैयाँ र ¥यापर कागज सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १० माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशवादका प्रणेता स्व.गजेन्द्र नारायण सिंहको २०औं पुण्यतिथिको अवसरमा स्मृति दिवस मनाएको छ ।
धनगढी, १० माघ । सुदूरपश्चिम प्रदेश सरकारका १२ जना उच्च पदस्थ कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बारा, १० माघ । जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा ना.३ च ८८५१ नम्बरको पिकअपले ना.५१ प ३४९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मोरङ, १० माघ । रतुवामाई नगरपालिका–८ डाँडागाउँ बस्ने ४५ वर्षीय कृष्ण राईलाई करिब ५ केजी ३ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १० पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवले माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आफूले दिएको अभिव्यक्तिबारे भ्रम फैलाइएको गुनासो गरेकी छन् ।
काठमाडौं, १० माघ । समतावादी नेता एवं मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको २०औं स्मृति दिवस मनाइँदैछ । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले सिंहको पुण्यतिथिको अवसरमा हरेक वर्ष काठमाडौंलगायत मधेशभरि विभिन्न कार्यक्रमहरु गरी मनाउँदै आएको छ ।
विराटनगर, ९ माघ । सुभाष चन्द्र बोसको १२५औँ जन्मजयन्ती विराटनगरस्थित एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । सुभाषचन्द्र बोस इन्टरनेसनल फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा भारतको स्वतन्त्रतामा नेता ज्यु सुभाषचन्द्र बोसले दिएको योगदान बारेमा विभिन्न वक्ताहरुको चर्चा गरेका थिए ।
जनकपुरधाम, ९ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न मागसहित नेकपा एमालेनिकट युवा संघ नेपालले मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।
काठमाडौं, ९ माघ । भारत सरकारले भगवान रामको जन्मभूमि अयोध्यादेखि जानकीको जन्मस्थल जनकपुरधाम जोड्ने चारलेन सडक निर्माण गर्ने भएको छ ।
सुनसरी, ९ माघ । दुहबी नगरपालिका–२ तुथाहा बस्ने दिपक पोदार र विवेक धिमालको किराना र चिया पसलमा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रुपन्देही, ९ माघ । सैनामैना नगरपालिका–४ लुम्बिनीस्थित सडकमा लु.९ प ३०३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने २३ वर्षीया लक्ष्मी श्रीस मगरको मृत्यु भएको छ ।
बाँके, ९ माघ । कोहलपुर नगरपालिका–२ एनसिसिएन चोकस्थित सडकमा भे.१ च २८१५ नम्बरको बलेरो जिप र भे.१० प ४६८ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
काठमाडौं, ९ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।