वीरगञ्ज, ५ माघ । वीरगञ्ज महानगरपालिका-१३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेको अभियोगमा सोही महानगरपालिका-१ ठेगाना भएका २६ वर्षीय सुमन पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ५ माघ । पहिलो मधेश आन्दोलन भएको माघ ५ गते १६ वर्ष पूरा भएको छ । यस अवधिका मधेश आन्दोलनको विषयमा धेरै बहस र समीक्षा भए तर ठोस उपलब्धि प्राप्त हुन सकेको छैन । मधेश आन्दोलनकै नाममा केही मधेशी नेताहरू मन्त्री बन्न सफल भए पनि आम मधेशी जनताको जीवनमा त्यसको असर परेको छैन ।
प्रदेश २ को नामाकरण “मधेश प्रदेश” हुनु थोरै सन्तोषको बिषय हो। मुलुक भरका उपेक्षित तथा बहिष्कृत जात जाति एवं समुदायहरूको पहिचानको मान्यताका लागि भएका आन्दोलनहरूको शायद यो एक पछिल्लो सानो उपलब्धि हो।
नेपालको राजनीतिमा मधेश र मधेशी शब्द प्रवेश गराउने स्व. गजेन्द्र नारायण सिंह जी लाई स्मरण गर्दछु। कुनै समयमा यो दुबै शब्द तिरस्कृत जस्तै थिए ।
जनकपुरधाम, ४ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाले प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा जानकी मन्दिरमा दीप प्रज्वलन गरेको छ ।
वीरगन्ज, ४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको पुतला दहन गरिएको छ । वीरगन्जलाई राजधानी नतोकिएको भन्दै मुख्यमन्त्रीको पुतला दहन गरिनुका साथै उनको घरमा ढुंगामुढा प्रहार गरिएको छ ।
जनकपुरधाम, ४ माघ । मधेशका ८ वटा जिल्लालाई मात्रै मधेश प्रदेश घोषणा गरेको भन्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आपत्ति जनाएको छ ।
जनकपुरधाम, ४ माघ । प्रदेश नं. २ को नाम ‘मधेश’ प्रदेश तोकिएको खुशियालीमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
रौतहट, ४ माघ । बौधीमाई नगरपालिका–७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँसहित १९ वर्षीय यसराज जयसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बाँके, ४ माघ । कोहलपुर नगरपालिका–११ बस्ने बिरेन्द्र थारुको घरबाट ५ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, ३ माघ । लम्कीचुहा नगरपालिका–४ लियास्थित सडकमा से.६ प ८७८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका मेलडाड बस्ने ५५ वर्षीया मनसरा न्यौपानेको मृत्यु भएको छ ।
रौतहट, ३ माघ । नक्कली मोबिल बनाई विक्री गरेको अभियोगमा राजदेवी नगरपालिका–९ बस्ने २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
अजय कुमार सिंह, जनकपुर, ३ माघ । २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्पीय सचेतना सुरक्षित संरचना सहितको मूल नाराका साथ धनुषा, महोत्तरी र सर्लाहीका प्राविधिकहरुको एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सर्लाही, ३ माघ । “अप्पन संस्कृति अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ तेस्रो पटक अन्तर्राष्ट्रिय भुईया दिवस मनाइएको छ ।
विराटनगर, ३ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन् ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, ३ माघ । कपिलवस्तुको तिलौराकोटमा बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ९ बुदे घोषण पत्र जारी गर्दै बैठक सम्पन्न भएको छ ।
कठमाडौं, ३ माघ । नेपाल–सीमा समस्याबारे आएका समाचार एवं विज्ञप्तिबारे सोधिएका प्रश्नमा नेपालस्थित भारतीय राजदूतावासका प्रवक्ताले प्रतिक्रिया दिएको छ ।
रौतहट, ३० पुस । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाका किसानहरुलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै सातबुँदे ज्ञापनपत्र बुझाइएको छ ।
जनकपुरधाम, ३० पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको अगुवाईमा भइरहेको किसान आन्दोलनमा आज मधेशभरि किसान महारैली निकालिएको छ ।
जनकपुरधाम, ३० पुस । प्रदेश २ सरकारको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियामावली स्वीकृत गरेको छ ।
बाँके, ३० पुस । युथ टुडे मिडिया नेटवर्क प्रा.लिको आयोजनामा बिहिबार नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा शिक्षा र स्वास्थ्यकोे अवस्था विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम, ३० पुस । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोभिड १९को सम्भावित तेस्रो लहरको लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।