काठमाडौं, २६ पुस । सरकारले आफ्नै नागरिकलाई अनागरिक बनाएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा नागरिकता माग्दै धर्ना दिइएको हो ।
मोरङ, २६ पुस । धनपालथान गाउँपालिका–२ बरियाती टोलबाट करिब ३ किलो १ सय ५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय वसन्त पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, २६ पुस । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले ग्रामीण जनताको जीवनस्तर उकास्नमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
बाँके, २६ पुस । नेपालगंज उपमहानगरपालिका–२० मनिकापुरबाट १ थान कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौं, २५ पुस । क्षत्री समाज राष्ट्रिय महासंघलाई पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर प्रदान गरेका छन् ।
जनकपुरधाम, २५ पुस । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको भूमिकालाई महत्वपूर्ण बताएका छन् ।
काठमाडौं, २५ पुस । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र भौतिक पूर्वाधारमन्त्री रेणु यादवबीच आइतबार सिंहदरबारमा औपचारिक भेटघाट भएको छ ।
काठमाडौं, २५ पुस । विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुष २७ गतेदेखि माघ १६ गतेसम्म गर्ने तय भएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ ।
जनकपुरधाम, २५ पुस । भारतको महावाणिज्य दूतावास वीरगंजद्वारा उद्योग वाणिज्य संघ जनकपुरधाममा “नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान” विषयक गोष्ठी सम्पन्न भएको छ ।
कपिलवस्तु, २५ पुस । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मत ल्याउँदै शर्मा निर्वाचित भएका हुन् ।
सप्तरी, २५ पुस । नेकपा एमालेको ९औं जिल्ला अधिवेशनबाट सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन भएका छन् ।
कपिलवस्तु, २४ पुस । कपिलबस्तु नगरपालिका–९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिकलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको छ ।
काठमाडौं, २४ पुस । विगत दुई सातादेखि मलखाद, बिउविजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले समर्थन र ऐक्यबद्धता जनाएका छन् ।
जनकपुरधाम, २४ पुस । लामो समयदेखि घुम्टोमा रहेको रेलको शनिबार परीक्षण गरिएको छ । भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो । भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गरिएको हो ।
सप्तरी, २४ पुस । प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयको सहयोगमा सप्तरीको वनरझुला आधारभुत विद्यालयको २ कोठे भवनको शिलान्यास भएको छ ।
काठमाडौं, २४ पुस । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीमा सार्वजनिक विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
काठमाडौं, २३ पुस । नेपाल सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्य किसानप्रति धोका रहेको राष्ट्रिय कृषि श्रमिक संघ नेपालले आरोप लगाएको छ ।
धनुषा, २३ पुस । मिथिला नगरपालिका–८ बडहरीस्थित सडकमा प्र २–०२–००१ च ०७२८ नम्बरको बोलेरो र बा.१७ च ३७८६ नम्बरको कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सिरहा, २३ पुस । धनगढीमाई नगरपालिका–१० बस्ने ३० वर्षीय गुंजेश्वर साहले सोही नगरपालिका–११ छप्रारीमा संचालन गरेको खुश्वु होटल एण्ड लजमा आगो लगाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २३ पुस । मानव अधिकार तथा शान्ति समाजको २४औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) माघ २१ र २२ गते शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर ४ नम्बरमा आयोजना हुने भएको छ ।
कैलाली, २२ पुस । लम्कीचुहा नगरपालिका–६ गुलरास्थित सडकमा से.४ प ६०२१ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका–५ बस्ने ३६ वर्षीय मेघलाल चौधरीको मृत्यु भएको छ ।
बाँके, २२ पुस । नेपालगंज उपमहानगरपालिका–२१ पुरैनीबाट २४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।