काठमाडौं, १९ पुस । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
काठमाडौं, १९ पुस । किसान आन्दोलनमा प्रहरी प्रशासनले आन्दोलनकारीमाथि गोली प्रहार गरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य वृषेश चन्द्र लालले निन्दा गरेका छन् ।
कपिलवस्तु, १९ पुस । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.४ सिर्सिहवामा सहयोगी सहजकर्ताहरुलाई एकीकृत पोषण सम्बन्धी तालिम सम्पन्न भएको छ ।
रौतहट, १९ पुस । सरकारले किसान आन्दोलनमा दमनकारी रवैया देखाएको भन्दै जनमत पार्टीले रौतहट जिल्लामा अनिश्चितकालीन बन्द तथा पूर्णरुपमा चक्काजामको घोषणा गरेको छ ।
महोत्तरी, १८ पुस । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन् ।
जनकपुरधाम, १८ पुस । धनुषाको पोर्ताहामा प्रहरीले जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको घटनापछि केन्द्रीय अध्यक्ष डा. सीके राउतले प्रहरीमाथि आक्रोश पोखेका छन् ।
बाँके, १८ पुस । जानकी गाउँपालिका–३ ईन्द्रपुर बस्ने मुन्ना शेषको छोरा ३ वर्षीय हाम्जा शेष आफ्नै घर नजिक रहेको पानीको तलाउमा मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी, १८ पुस । जिल्ला दुई छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी जनाको ज्यानको गएको छ ।
पर्सा, १८ पुस । कालिकामाई गाउँपालिका–१ तिनदुबिया बस्ने चुल्हाई साहको घरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
रुपन्देही, १८ पुस । जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ । जसपाको लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोककुमार यादव यादव चयन भएका छन् ।
नेपालगञ्ज, १७ पुस । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामकुमार दीक्षितसहित विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
काठमाडौं, १७ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनअन्तर्गत संघीय काठमाडौंको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेको छ ।
जनकपुरधाम, १७ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्ण र वर्ग व्यवस्थाबीच समाजवादको स्थापना असम्भव रहेको बताएका छन् ।
जनकपुरधाम, १७ पुस । इस्वी संवत्को नयाँ वर्ष २०२२ मा जनकपुरधाममा भारतीय पर्यटकहरुले ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम भरिभराउ देखियो ।
मोरङ, १७ पुस । ग्रामथान गाउँपालिका–७ धोबियारे चोकबाट करिब आधा किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १७ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति चुनावको पहिलो चरणमा नराम्ररी पराजय भोगेका विमलेन्द्र निधि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
मोरङ, १६ पुस । रतुवामाई नगरपालिका–९ डिपो बस्ने ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ ।
काठमाडौं, १६ पुस । कलाकार तथा चित्रकार एससी सुमन (सुबोधचन्द्र दास) को एकल चित्रकला प्रदर्शनी राजधानीमा जारी छ ।
काठमाडौं, १६ पुस । जन्मसिद्ध नागरिकता पाएका आमा बुवाका छोराछोरीले वंशजका आधारमा नागरिकताविहीन हुनु परेको कथामा आधारित नाटक ‘ढकियामे नागरिकता’ आगामी माघ १ गतेदेखि प्रदर्शन हुने भएको छ ।
काठमाडौं, १६ पुस । जसपाका नेता महेन्द्र राय यादव अहिले संघीय सरकारका कृषीमन्त्री छन् । मधेशका किसानले समयमा मल नपाइरहँदा उनीहरु राज्यसँग गुहार माग्यामाग्यै छन् ।
सर्लाही, १५ पुस । सर्लाहीको ईश्वरपुरमा गत आइतवार प्रहरी भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
जनकपुरधाम, १५ पुस । धनुषामा सौर्य विद्युत आयोजनाको एक मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
महोत्तरी, १५ पुस । महोत्तरीका मुसहर समुदायले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि खोप अभियान तीव्र बनाए पनि पर्याप्त प्रचारप्रसारको कमीले मुसहर समुदाय खोप लगाउनबाट वञ्चित भएका हुन् ।