लखनउ, ९ पुस । कोरोना–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ ।
काठमाडौं, ९ पुस । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव शुक्रबार आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन् ।
काठमाडौं, ९ पुस । क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकबीच मानवीय सहायता तथा विपद् राहतसम्बन्धी बहुद्देश्यीय सैन्य अभ्यास भारतको पूणेमा सुरु भएको छ ।
काठमाडौं, ९ पुस । भृकुटीमण्डप प्रदर्शनी हलमा इनटरप्राइज इन्डिया प्रदर्शन सम्पन्न भएको छ । भारतका विभिन्न भागबाट आएका र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी भारतीय कम्पनीहरुले यस प्रदर्शनीमा आफ्ना उत्पादन तथा सेवाहरु प्रदर्शन गरेका थिए ।
काठमाडौं, ९ पुस । पठन संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले थालिएको किताब जात्राको विश्व यात्रा भारतको राजधानीदेखि सुरु भएको छ ।
काठमाडौं, ९ पुस । विचारभन्दा माथि देश हुन्छ भन्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको भनाइलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रतिवाद गरेका छन् ।
जनकपुरधाम, ९ पुस । प्रदेश २ को नामाकरणसम्बन्धि प्रक्रिया फेरि सुरु भएको छ । प्रदेशसभा बैठकमा बिहीबार नामकरणका लागि चारवटा प्रस्ताव पेस भएका छन् ।
काठमाडौं, ९ पुस । जसपाबाट टुक्रिएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको चार महिना पनि भएको छैन तर पार्टीका शीर्ष दुई नेताबीच प्रतिष्ठाको लडाइँ सुरु भएको छ ।
जनकपुरधाम, ९ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नं. २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । कृष्ण यादव संस्थापन समूहका उम्मेद्वार थिए ।
जनकपुरधाम, ८ पुस । नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि मतदान शुरु भएको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएकोले आज मतदान सुरु गरिएको हो ।
विराटनगर, ८ पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
नेपालगञ्ज, ८ पुस । नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीले सीमामा हुने अपराध नियन्त्रण गर्न समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जनकपुरधाम, ७ पुस । नेपाली कांग्रेसको प्रदेश २ को सभापतिका उम्मेद्वार कृष्ण यादव र रामसरोज यादव समूहबीच कुटाकुट भएको छ ।
सुनसरी, ७ पुस । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालका–१३ का ३८ बर्षीय मुन्ना थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बाँके, ७ पुस । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज महानगरपालिका–१८ बस्ने ३० वर्षीय साधु अहिरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, ७ पुस । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं, ७ पुस । विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ ।
रौतहट, ७ पुस । फतुवा विजयपुर नगरपालिका–१ वरगेनिया बस्ने जोकु राय यादवको छोरी ३ वर्षीया आराध्या कुमारी यादवको आगलागीमा परी मृत्यु भएको छ ।
काठमाडौं, ७ पुस । भृकुटी मण्डप प्रदर्शनी हलमा ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’को उद्घाटन समारोहमा भारतीय राजदूतावासले सहभागिता जनाएको छ ।
जनकपुरधाम, ६ पुस । प्रदेश नं. २ को नाम ‘मधेश’ प्रदेश र स्थायी राजधानी जनकपुरधाममा सहमति जुटाउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वार्ता टोली गठन गरेको छ ।
कपिलवस्तु, ६ पुस । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
जनकपुरधाम, ६ पुस । नेपाली कांग्रेस प्रदेश नं. २ अधिवेशनअन्तर्गत सभापतिका लागि दुई जनाको उम्मेद्वारी परेको छ ।
जनकपुरधाम, ६ पुस । प्रदेश नं. २ को नाम र राजधानीमा समर्थन जुटाउनका लागि जनता समाजवादी पार्टी नेपालले वार्ता र सम्वाद थालेको छ ।
काठमाडौं, ६ पुस । विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका मिलन पाण्डेलाई सदस्यसमते नरहने गरी निष्काशन गरिएको छ ।