मोरङ, ६ पुस । कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा रंगेली नगरपालिका–२ नहर टोल बस्ने ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगिता उराउलाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी(पूर्व), ६ पुस । गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु, ६ पुस । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउँदैछन् ।

काठमाडौं, ६ पुस । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नरहेको नेता लक्ष्मण लाल कर्णले बताएका छन् ।

जनकपुरधाम, ६ पुस । प्रदेश नं. २ मा नेपाली कांग्रेस अधिवेशन आज हुँदैछ । विवादका कारण प्रदेश २ को अधिवेशन स्थगित भएको थियो । प्रदेश २ को नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

काठमाडौं, ५ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादव र नेपालका लागि फ्रान्सका राजदूत जिल बुरवाओबीच भेटवार्ता भएको छ ।

काठमाडौं, ५ पुस । भारतबाट १८ लाख ७० हजार ५०० मात्रा खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट सोमबार उक्त खोप नेपाल आइपुगेको हो ।

वीरगञ्ज, ५ पुस । वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लामो समयसम्म वितरण हुन नसक्दा अधिकांश जग्गाधनी मर्कामा परेका छन् । 

सिरहा, ५ पुस । जिल्लाको गोलबजार तनावग्रस्त बनेको छ । छुराप्रहार गरि हत्या गर्ने अभिव्यक्तिलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिवद्धता प्रहरीले पुरा नगरेको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेका हुन् ।

रौतहट, ५ पुस । प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् ।

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुलातर्फको ३५ केन्द्रीय सदस्यमा जम्मा दुई जना मधेशी निर्वाचित भएका छन् ।

सर्लाही, ४ पुस । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सर्लाहीको आठौँ जिल्ला अधिवेशन जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

जनकपुरधाम, ४ पुस । धनुषाबाट लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनीका २२ वर्षीया विजय कुमार महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

विराटनगर, ४ पुस । सुनवर्षी नगरपालिका–५ झुङ्गीटोल बस्ने निमेश मण्डलको सोही ठाउँस्थित मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

सर्लाही, ४ पुस । मलंगवा नगरपालिका–८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी जम्मा १ लाख १५ हजार नक्कली जस्तो देखिने नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं, ४ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता नभएकालाई पनि मतदानमा सहभागी गर्न माग गरेका छन् । 

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको नेता विमलेन्द्र निधिले प्रदेश २ को अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

जनकपुरधाम, ४ पुस । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन आगामी पुस ६ र ७ गते हुने भएको छ । महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन ।

वीरगन्ज, ४ पुस । प्रदेश नं.२ मा यो सातादेखि चिसो निरन्तर रुपमा बढ्दै गइरहेकोलाई लोकतान्त्रिक समाजवादी पार्टीको ध्यान केन्द्रित भएको छ । 

जनकपुरधाम, ३ पुस । नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशनअन्तर्गत शनिबारबाट सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ ।

बारा, ३ पुस । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नेकपा एमालेको महाधिवेशनले केपी ओलीको देवत्वकरण होइन नेतृत्वकरण गरेको बताएका छन् ।

रौतहट, ३ पुस । गौर नगरपालिका–१ स्थित सडकबाट श्रोत नखुलेको ४ लाख ५० हजार नेपाली रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं, ३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिष्कुट आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र चुरा सहित २ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी, ३ पुस । शिक्षाको समुचित विकासका लागि सामुदायिक विद्यालय सरह निजि विद्यालयलाई पनि राज्यले अनुदान दिनुपर्ने प्रदेश २ का सामाजिक सामाजिक विकास मन्त्री नवल किशोर साहले बताएका छन् । 

मणि प्रसाद गैह्रे, कपिलवस्तु, ३ मंसिर । सशस्त्र द्वन्द्वको बेला बेपत्ता पारिएका व्यक्तिको परिवारलाई परिचयपत्र वितरण गरिएको छ । 

ट्रेन्डिङ