जनकपुरधाम, १५ पुस । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीयता कार्यान्वयनमा संघीय सरकारले असहयोग गर्दै आएको बताएका छन् ।
रुपन्देही, १५ पुस । सरकारले मूल्य निर्धारण नगर्दा उखु किसानले सस्तो मूल्यमा उखु बिक्री गर्न थालेका छन् ।
जनकपुरधाम, १५ पुस । जनता समाजवादी पार्टी नेपालका नेता तथा प्रदेश नं. २ का पूर्वराज्यमन्त्री सुरेश मण्डलले जनमत पार्टीका अध्यक्ष डा.सीके राउतमाथि गम्भीर आरोप लगाएका छन् ।
जनकपुरधाम, १५ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि तराई मधेशका जिल्लाहरुमा पूर्व–पश्चिम राजमार्ग दिवाकालका लागि अनिश्चितकाल बन्द घोषणा गरेको छ ।
धरान, १४ पुस । स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । उनले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जिते ।
मोरङ, १४ पुस । मिक्लाजुङ गाउँपालिका–४ आमबोटे बस्ने राजकुमार लिम्बुको घरमा बिद्युतको लाईन सर्ट भई बुधबार बिहान आगलागी भएको छ ।
कपिलवस्तु, १४ पुस । वाणगंगा नगरपालिका–१ दर्खास्तस्थित सडकमा बा.६ च ११६४ नम्बरको कारलाई ना.४ ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं, १४ पुस । फिलाटेलिक र हुलाक टिकट व्यवस्थापनको इतिहासमा पहिलो पटक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिथिला चित्रकलामा दिगो विकास लक्ष्य (एसडीजी)हरु चित्रण भएको १७ वटा हुलाक टिकट जारी गरेको छ ।
काठमाडौं, १४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश र जिल्ला अध्यक्ष मनोनयनको विषयमा गरिएको निर्णय पुनरावलोकन नहुने अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । असन्तुष्ट नेताहरुलाई अध्यक्ष महन्थ ठाकुरले बुधबार आफ्नै निवासमा बोलाएका थिए ।
काठमाडौं, १४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट नेता कार्यकर्ताहरु अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्दैछन् ।
रुपन्देही, १४ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको अवरोध हटाएर नागरिकता विधेयक पास गर्न एमालेलाई आग्रह गरेका छन् ।
सिरहा, १४ पुस । स्थानीय प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा दुई दिनका लागि जारी गरेको निषेधाज्ञा मंगलबार साँझबाट हटाएको छ ।
काठमाडौं, १४ पुस । मधेशी समुदायको सशक्तीकरण अन्तर्गत लोकसेवा तयारी कक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, १३ पुस । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा दिल्लीमा छिन् ।
सिरहा, १३ पुस । सिरहा नगरपालिका–१९ सन्हैठा बस्ने मोहमद कासिनको छोरी २ वर्षीया रुक्सारा खातुनको डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।
पर्सा, १३ पुस । पर्सा जिल्लाको पोखरिया नगरपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ सय ५० के.जी. गाँजा बरामद गरेको छ ।
रौतहट, १३ पुस । रौतहटमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ । चन्द्रपुर–गौर सडकखण्डअन्तर्गत जन्ती बोकेको सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
वीरगन्ज, १३ पुस । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले भारतको ‘आजादी का अमृत महोत्सव’ विशेष सप्ताह अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि छलफल गरेको छ ।
जनकपुरधाम, १३ पुस । किसान आन्दोलनको समर्थन जनाउँदै जनमत पार्टी धनुषाले बुधबार जिल्लाभर चक्काजामको घोषणा गरेको छ ।
मलंगवा, १३ पुस । जिल्ला प्रशासन कार्यालय, सर्लाहीले ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जनकपुरधाम, १३ पुस । प्रदेश नं. २ को नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन भएको छ ।
विराटनगर, १३ पुस । मानव अधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ जना ६ कक्षामा अध्यनरत बालिका प्रत्येकलाई रु. १२ हजारका दरले रु.४ लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ ।
कैलाली, १३ पुस । चुरे गाउँपालिका–५ बेल्चापलानस्थित सडकबाट करिब १६ केजी अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
सुनसरी, १३ पुस । कोशी गाउँपालिका–१ लौकहीस्थित बिएस होटलबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली, २ हजार भारतिय रुपैँया, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।