काठमाडौं, १३ पुस । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सिरहाका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेलाई जनकारबाही गर्ने चेतावनी दिएका छन् ।
रौतहट, १३ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहट जिल्लामा पनि आमहडताल र प्रदर्शन गर्ने निर्णय गरेको छ । सिरहाबाट किसानको लागि सुरु गरेको आन्दोलन अब रौतहटमा पनि गर्ने घोषणा गरेको हो ।
सिरहा, १३ पुस । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि कर्फ्यू (निषेधाज्ञा) जारी गरेको छ ।
सिरहा, १३ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा जिल्लामा थप दुई दिन चक्काजामको आह्वान गरेको छ । जनमतको आन्दोलन समितिले किसानको पक्षमा गरिरहेको आन्दोलनलाई लम्ब्याउँदै मंगलबार र बुधबार पनि चक्काजाम गर्ने निर्णय गरेको छ ।
सप्तरी, १२ पुस । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश नं. २ प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा नवनिर्मित महिला आवास गृह, कक्षाकोठा तथा अतिथि गृह भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
मोरङ, १२ पुस । विराटनगर महानगरपालिका–३ कंचनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक युवक फत्रउा परेका छन् ।
बाँके, १२ पुस । नेपालगंज उपमहानगरपालिका–१५ स्थित सडकबाट कैलाली लम्किचुवा नगरपालिका–४ बस्ने २४ वर्षीय कर्ण बोगटीलाई विभिन्न लागूऔषधसहित पक्राउ गरिएको छ ।
काठमाडौं, १२ पुस । अध्यक्ष महन्थ ठाकुरले विधि र पद्धति मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाका नेता तथा कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालयमा सोमबार पनि धर्ना दिएका छन् ।
रौतहट, १२ पुस । जिल्लाको राजदेवी नगरपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३ लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा सुर्ती बरामद गरेको छ ।
सिरहा, १२ पुस । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सिरहा जिल्लामा घोषणा गरिएको चक्काजाम उल्लंघन गर्ने वा दादागिरी देखाउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
सर्लाही, १२ पुस । जनता समाजवादी पार्टी नेपाल सर्लाहीमा समायोजन भएको छ । सर्लाही जिल्ला अध्यक्षमा वीरेन्द्र कुमार राय चयन भएका छन् ।
सिरहा, १२ पुस । किसानलाई पक्राउ गरेको विरोधमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा जिल्लामा चक्काजाम आह्वान गरेको छ । जनमत सिरहाले सात बुँदै मागसहित जिल्लामा चक्काजामको घोषणा गरेको हो ।
महोत्तरी, ११ पुस । भौतिक योजना तथा यातायातमन्त्री रेणु यादवले नेपाली भूमिमा रेल यात्रा गर्ने नेपाली जनताको इच्छा यसै महिनाभित्र पूरा हुने बताएकी छिन् ।
काठमाडौं, ११ पुस । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुनुमा जनयुद्ध र मधेश विद्रोह कारक रहेको दाबी गरेका छन् ।
जनकपुरधाम, ११ पुस । प्रदेश नं. २ मा प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको छ ।
काठमाडौं, ११ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेतृत्वले विधि र प्रक्रिया मिचेको भन्दै नेता कार्यकर्ताहरुले बबरमहलस्थित केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
सिरहा, ११ पुस । आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा आन्दोलनकारीहरुले ट्रकमा आगजनी गरेका छन् ।
सिरहा, ११ पुस । किसान रिहाइको माग गर्दै सिरहामा जारी किसान आन्दोलनको क्रममा प्रहरीले दर्जनौं राउण्ड आँसु ग्याँस प्रहार गरेको छ ।
सिरहा, ११ पुस । किसानलाई पक्राउ गरेको विरोधमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आमहड्ताल घोषणा गरेको छ । आमहड्तालको क्रममा सिरहामा जनमतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् ।
काठमाडौं, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताएका छन् ।
वीरगञ्ज, १० पुस । ‘आजादी का अमृत महोत्सव’ विशेष सप्ताह अन्तर्गत, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले शनिबार दूतावास परिसरमा कान्सुलर गुनासोका लागि खुला मञ्च Open House for Consular Grievances को आयोजना गरेको छ ।
काठमाडौं, १० पुस । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट बञ्चित गराएको दावी गर्दै आपत्ति जनाएका छन् ।
सिरहा, ९ पुस । सिरहाको औरही गाँउपालिकामा किसानहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गहुँको बीउ लुटेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेपछि किसानहरूले गाउँपालिकामा ताला लगाएका हुन् ।
काठमाडौं, ९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र लेखेर आमन्त्रण गरेपछि देउवा भारत भ्रमणमा जान लागेका हुन् ।