जनकपुरधाम, ३ पुस । जनकपुरधाम उप–महानगरपालिकाका जनप्रतिनिधिबीच पुनः विवाद चर्किएपछि मेयरको सुरक्षामा प्रहरी तैनाथ गर्नुपर्ने परेको छ ।
काठमाडौं, ३ पुस । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गरेकी हुन् ।
सप्तरी, ३ पुस । चिसो सुरु भएसँगै दलित सरोकार मञ्च नेपालले सप्तरीको कञ्चनरुप नगरपालिकाका दलित समुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाइबर सिरक वितरण सुरु गरेको छ ।
काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मधेशी महिला केन्द्रीय सदस्यको मतगणना शनिबार भएको छ ।
काठमाडौं, २ पुस । जनता समाजवादी पार्टी नेपालले सञ्चालन गरेको चार महिने संगठन सुदृढीकरण जनजागरण (सुज) अभियानलाई जारी राख्ने निर्णय गरेको छ ।
काठमाडौं, २ पुस । चुनावी तयारीमा लागेको जनमत पार्टीले ‘अपरेशन बुथ–बुथ मजबुत अभियान सफल बनाउन अध्यक्ष डा.सीके राउतले आह्वान गरेका छन् ।
रुपन्देही, २ पुस । लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कस्थित टहरामा संचालित पसलहरूमा आगलागी हुँदा करिब १० वटा टहराहरु र टहराको सामानहरु पूर्णरूपमा जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरी, २ पुस । इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा महिलाहरु राखी बेश्याबृत्ति गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २ पुस । उपचारका लागि आएका सर्वसाधारणलाई आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई विचौलीयाको कार्य गरी सर्वसाधारणलाई दुःख हैरानी दिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १ पुस । प्रदेश २ सरकारले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालय स्थापनाका लागि तत्काल ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
बाँके, १ पुस । नेपालगंज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट भारतबाट भन्सार छलि अवैध रूपमा ल्याउँदै गरेको सुर्ति, चिनी, बिडी, हार्डवेयर लगायतका सामान गरी
रूपन्देही, १ पुस । सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवास्थित भित्री सडकमा लु.४३ प १८३३ नम्बरको मोटरसाइकल र ना.१ ह ७५०३ नम्बरको अटो रिक्सा एक–आपसमा
रौतहट, १ पुस । परोहा नगरपालिका–८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १ पुस । तराई मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा पुनः दर्ता भएको छ । रविशंकर कुमार कर्ण नेतृत्वको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले तराई मधेश लोकतान्त्रिक पार्टीलाई छुट्टै दलको रुपमा दर्ता गरेको हो ।
राजविराज, १ पुस । मल नपाएको आक्रोशमा सप्तरीका किसानले बुधबार राजविराजमा प्रदर्शन गरेका छन् । उनीहरूले बजार बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै घण्टौ नाराबाजीसमेत गरेका थिए ।
काठमाडौं, १ पुस । चिकित्सा शिक्षा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुबाट मेडिकल कलेजहरुले लिएको शुल्क फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेको छ ।
काठमाडौं, २९ मंसिर । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरु रहेको बताएका छन् ।
काठमाडौं, २९ मंसिर । भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’ अवार्ड पाएको छ ।
जनकपुरधाम, २९ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको नाम तोक्न नसक्दा पीडा बोध भएको बताएका छन् ।
काठमाडौं, २९ मंसिर । प्रदेश नं. २ को सामाजिक विकासमन्त्री नवलकिशोर साहले अध्यादेश प्रस्तुत गर्न खोज्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संसद अवरुद्ध गरेको छ ।
जनकपुरधाम, २९ मंसिर । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पनि प्रदेश २ को नाम मधेश प्रदेश राख्न प्रस्ताव गरेको छ ।
काठमाडौं, २९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ हजार ३ सय ११ ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिष्कुाट आकारको वस्तु, चेनरोल, औठी र चुरा सहित ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।