काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । सभापतिको दौडमा रहेका निधिले वानेश्वरमा सम्पर्क कार्यालय खोलेर आफनो चुनावी अभियान जारी राखेका छन् ।

काठमाडौं, २३ मंसिर । प्रदेश २ बाट नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

जनकपुरधाम, २२ मंसिर । २२ मंसिर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ ।

काठमाडौं, २२ मंसिर । भारतीय पूर्वसेना प्रमुख बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई १७को हेलिकप्टर तमिलनाडुको कोइम्बातोर क्षेत्रमा बुधबार दुर्घटनामा परेको हो । 

बाँके, २२ मंसिर । नेपालगञ्ज उपमहानगरपालिका–१२ रंगशाला अगाडिबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं, २२ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् ।

रुपन्देही, २२ मंसिर । सिद्धार्थनगर नगरपालिका–४ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माटो/मिस्कट चाल्ने फलामको जालीमा च्यापिएर एक युवकको मृत्यु भएको छ ।

सप्तरी, २२ मंसिर । खुन डाँका र कर्तव्य ज्यान गरी २ वटा मुद्दाका फरार प्रतिवादी सुरुङगा नगरपालिका–१० थलाहा बस्ने ६० वर्षीय गुल्जार मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही, २२ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा संघीय सांसद डा.अमरेशकुमार सिंह १४औं महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

काठमाडौं, २२ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले विवाह पञ्चमी महामहोत्सवको अवसरमा मिथिलावासीसहित  सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

रुपन्देही, २१ मंसिर । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन नेपाल भित्रिन नदिनका लागिा रुपन्देहीको सीमा क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।

रौतहट, २१ मंसिर । चन्द्रपुर नगरपालिका–१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पर्सा, २१ मंसिर । वीरगञ्जस्थित जगदम्बा मेटल क्राफ्ट ईन्डस्ट्रिजको ना.१६ प ६८२५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

महोत्तरी, २१ मंसिर । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिका–१ सानो धिरापुरमा खत्वे जातिको सार्वजनिक दलानको मंगलबार शिलान्यास गरेका छन् ।

काठमाडौं, २१ मंसिर । डा.सीके राउतको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका प्रभावशाली युवा नेता जासर यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जनकपुरधाम, २१ मंसिर । प्रदेश नं २ सरकारको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको शुरुआतको सिलसिलामा उपकुलपतिको नियुक्ति गरिएको छ ।

जनकपुरधाम, २१ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले उत्पिडित वर्गको सम्मानको लागि जनता समाजवादी पार्टी नेपाल प्रतिवद्ध रहेको बताएका छन् । 

जनकपुरधाम, २१ मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेशी जनताको काँधमा रहेको बताएका छन् ।

जनकपुरधाम, २१ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जानकी राम साहको अगुवाईमा मेयर लालकिशोर साहको पुतला जनाइएको छ ।

जनकपुरधाम, २० मंसिर । श्रीराम जानकी विवाहोत्सवको अवसरमा प्रदेश नं. २ को सरकारले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । सप्ताहव्यापीरुपमा मनाइने विवाह पञ्चमीअन्तर्गत बुधबार वैवाहिक कार्यक्रम रहेको छ ।

जनकपुरधाम, २० मंसिर । मर्यादा पुरुषोत्तम भगवान श्रीराम र माता जानकीको सप्ताहव्यापीरुपमा मनाइरहेको विवाहोत्सवमा आज तिलकोत्सव गरिएको छ ।

पर्सा, २० मंसिर । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कैलाली, २० मंसिर । लम्कीचुहा नगरपालिका–१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते बेलुकी धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । 

बुटवल, २० मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनीतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।

काठमाडौं, २० मंसिर । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको आसन्न १४औं महाधिवेशनमा भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई निम्तो पठाएको छ ।

ट्रेन्डिङ