पर्सा, १७ मंसिर । पोखरिया नगरपालिका–७ रानीगञ्ज बस्ने ४५ वर्षीया मुनी देवी साहको करेन्ट लागेर मृत्यु भएको छ ।
कैलाली, १७ मंसिर । कैलाली जिल्लाको विभिन्न मुक्त कमैया शिविरहरुमा माओवादीको पकड रहँदै आएपनि जनमत पार्टीको लहर उक्त क्षेत्रमा बढेको छ ।
सप्तरी, १७ मंसिर । सूचना नपाएको भन्दै देशैभरिमा अत्यधिक उजुरी पर्नेमा प्रदेश २ प्रदेशमा सस्तरी पहिलो स्थानमा रहेको छ । गत साउनदेखि मंसिरसम्म आयोगमा २९ वटा पुनरावेदन परेको छ ।
सप्तरी, १७ मंसिर । सप्तरीको कूल ७० हजार हेक्टर धानखेती योग्य जग्गा रहेको तर सिंचाइ अभावका कारण र बेमौसमी बाढीले गरेको क्षतिका कारण धान उत्पादनमा कमी आएको छ ।
जनकपुरधाम, १७ मंसिर । प्रदेश २ सरकारले विभिन्न मन्त्रालयहरुको वेबसाइट सञ्चालनको नाममा वर्षेनी लाखौ रुपैयाँ खर्चिदै आइरहे पनि बेहाल अवस्थामा छ । अधिकांश मन्त्रालयको वेबसाइट नियमति अपडेट भएको देखिदैन ।
सर्लाही, १७ मंसिर । सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया किशोरीलाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ ।
जनकपुरधाम, १७ मंसिर । प्रदेश २ मा ३०१ जना एचआईभी/एड्स संक्रमितहरु सरोकारवालाको सम्पर्कमा नरहेको जनाइएको छ । हाल ४ हजार ३८० संक्रमितमध्ये ३०१ जना
जनकपुरधाम, १६ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दलिे विवाहपंचमी महोत्सवको समग्र तयारीमा जुट्न सरोकारवाला निकायहरुलाई निर्देेशन दिएका छन् ।
पर्सा, १६ मंसिर । वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट’ हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगन्जले
बारा, १६ मंसिर । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) सञ्चालनका लागि विद्युतीकरण शुरु भएको छ । सिमरा सेजको ५ वटा ब्लक छन् ।
जनकपुरधाम, १६ मंसिर । सिताराम विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुरधाममा सरसफाइ गरिएको छ । जनकपुरधाममा हर्षोल्लासकासाथ मनाइने विवाहपञ्चमीको अवसरमा जानकी मन्दिर परिसर, बाह्र विघा रंगभूमी मैदान र त्यस आसपासका क्षेत्रमा बृहत सरसफाइ गरिएको हो ।
मटिहानी, १६ मंसिर । प्रदेश नं. २ को मटिहानी नगरपालिका ७ मा अवस्थित ३०३ वर्ष पूरानो संस्कृत पाठशालामा १११ वर्ष अगाडि बनाइएको छात्रावास भत्किएपछि पुनर्निर्माणका लागि दाताको खोजी हुन थालेको छ ।
काठमाडौं, १६ मंसिर । आजादी का अमृत महोत्सव (भारत@७५) र विश्व एड्स दिवसको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा रक्तदान शिविरको आयोजना गरिएको छ ।
काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल झाले सफलताको कामना गरेका गरेका छन् ।
जनकपुरधाम, १५ मंसिर । मिथिला नगरी जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । जानकी मन्दिरले महोत्सवका लागि मन्दिरको सरसफाइ तथा सजावट गर्ने काम गरिरहेको छ ।
रौतहट, १५ मंसिर । जिल्लाका सयौं अपाङ्गता भएका व्यक्तिहरुलाई संघीय सरकारका वन तथा वातावरणमन्त्री रामसहाय यादवले सम्मान गर्नुका साथै सामग्री वितरण गरेका छन् ।
जनकपुरधाम, १५ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मुस्लिम, दलित लगायतका पिछडिएका समुदायलाई शिक्षामा जोड दिन आग्रह गरेका छन् ।
जनकपुरधाम, १५ मंसिर । सीताराम विवाह पञ्चमी महोत्सव अगावै रेल सेवा सञ्चालनको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौं, १५ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १० गते सुरु भएको एमाले १० औं महाधिवेशन मंसिर १४ गते सम्पन्न गर्ने क्रममा उक्त प्रस्ताव पारित गरेको हो ।
विराटनगर, १४ मंसिर । जिल्लाको कानेपोखरी गाउँपालिका–२ ढोडुखा बस्ने नारायण प्रसाद चौलागाईको गोठमा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ ।
सर्लाही, १४ मंसिर । गोडैता नगरपालिका–१२ मधुवनि गाउँबाट १० किलोभन्दा बढी अवैध लागूऔषध गाँजा बरामद भएको छ ।
जनकपुरधाम, १४ मंसिर । भौतिक पूर्वाधार तथा यतायातमन्त्री रेणु यादवले सरकारले अध्यादेशमार्फत रेलवे कानुन ल्याउने तयारी गरेको बताएकी छन् ।
जनकपुरधाम, १४ मंसिर । नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबै पदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ ।