काठमाडौं, २० मंसिर । मुस्लिम समुदायका अगुवाले छुट्टै मदरसा ऐन जारी हुनेपर्ने माग गरेका छन् । मुस्लिम आयोगले प्रकाशित गरेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण अध्ययन प्रतिवेदन–२०७८’ सार्वजनिक समारोहमा उक्त विचार व्यक्त गरेका हुन् ।
जनकपुरधाम, २० मंसिर । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।
काठमाडौं, २० मंसिर । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भेटिएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा बालकृष्ण पाण्डे तेस्रो कार्यकालका लागि विजयी भएका छन् । उनी संस्थापन पक्षका हुन् ।
रुपन्देही, २० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् । संस्थापन इतर समूहका पुनले संस्थापन पक्षका भरतकुमार साहलाई पराजित गर्दै लुम्बिनी प्रदेश सभापतिमा विजयी भएका हुन् ।
इमरान खान, कपिलवस्तु, २० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा कपिलवस्तुकी सबैभन्दा कान्छी मुस्लिम महिला उम्मेद्वार २४ वार्षीया डा. अलविरा खान प्रदेश सदस्यमा विजयी भएकी छिन् ।
काडमाडौं, २० मंसिर । सर्लाही निर्वाचन क्षेत्र नं. ४ का निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले पदको दुरुपयोग गरेको सभापति शेरबहादुर देउवाप्रति आरोप लगाएका छन् ।
राजविराज, २० मंसिर । प्रदेश १ र २ का लागि सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार एपिएफ स्कुल उद्घाटन भएको छ ।
जलेश्वर, २० मंसिर । नेपाली कांग्रेसको क्षेत्र नम्बर ३ मा एक समूहले निर्वाचन अधिकृतलाई अपहरण गरि अवैधानिक तरीकाले घोषणा गरिएको क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि एवं महासमितिलाई वितरण गरिएको प्रमाणपत्र रद्द गरिएको छ ।
सर्लाही, १९ मंसिर । मलंगवा नगरपालिका–९ बसपार्क बस्ने ५० वर्षीय रामनाथ चौधरीको सोही ठाउँस्थित होलसेल ईलेक्ट्रिक पसलमा आगलागी भएको छ ।
रुपन्देही, १९ मंसिर । बुटवल उपमहानगरपालिका–२ तिनाउपुलमा अवैध रुपमा ल्याउँदै गरेको करिब १८ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कम्पनीका जुत्ताहरूसहित सैनामैना नगरपालिका–४ मुर्गिया बस्ने ३२ वर्षीय बिष्णु थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १९ मंसिर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुढिगंगा गाउँपालिका–६ डल्लेपुल बस्ने २६ वर्षीय धन बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी, १९ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्र रद्द गरिएको छ।
वीरगञ्ज, १९ मंसिर । ‘आजादी का अमृत महोत्सव’को अवसर वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।
जनकपुरधाम, १९ मंसिर । प्रदेश २ मा कांग्रेस सभापतिका लागि हालसम्म ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय रौतहटका जिल्ला सभापति कृष्ण यादव दाबेदार छन् ।
काठमाडौं, १९ मंसिर । कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ ।
वीरगञ्ज, १९ मंसिर । पर्सामा कोरोना भाइरसविरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ । ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ
जनकपुरधाम, १९ मंसिर । नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ को भने शनिवारका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ ।
वीरगन्ज, १९ मंसिर । वीरगंज महानगरपालिका वडा नं. १९ स्थित वर्वाको चौरीमा क्रिकेट प्रतियोगिता भव्यरुपमा हुन गइरहेको छ ।
काठमाडौं, १८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनकपुरधाम, १८ मंसिर । नेपाली काँग्रेसका पूर्ववडा सभापतिसहित दर्जनौ नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
कैलाली, १७ मंसिर । सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ घर भएकी कैलाली धनगढी उप–महानगरपालिका–२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके, १७ मंसिर । खजुरा गाउँपालिका–६ गिजरा बस्ने ३१ वर्षीया मनकली सुनारको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।