काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अध्यक्षताका केपी ओलीसँग भीम रावल भिड्दै छन् । 

रुपन्देही, ११ मंसिर । बुटवल उपमहानगरपालिका–१३ बेलबास शान्ति चोकस्थित हरिकृष्ण घिमिरेको अमृत कापी उद्योगमा आगलागी भएको छ ।

धनुषा, १० मंसिर । मिथिला नगरपालिका–२ नक्टाझिजस्थित खोलाबाट बालुवा ल्याउने क्रममा ज.१ त ४१७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

काठमाडौं, १० मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै शुभकामना दिएका छन् ।

चितवन, १० मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेको महाधिवेशन देश र जनताको पक्षमा उभिनुपर्ने बताएका छन् ।

धनुषा, १० मंसिर । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–५ बेला बस्ने आशिष यादवको कच्ची घरमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ ।

मोरङ, १० मंसिर । उर्लाबारी नगरपालिका–८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

यो महाधिवेशनले हामीलाई थप उर्जाका साथ अगाडि बढ्न प्रेरित गर्छ । मधेशले विकास र समृद्धको आशा एमालेबाटै गरेको छ । अब एमालेमा मधेशी प्रतिनिधित्व पनि बढने छ । अहिले नै केन्द्रमा मधेशीको प्रतिनिधित्व पनि छ ।

काठमाडौं, १० मंसिर । मधेश आन्दोलनका क्रममा एमालेले मधेश विरोधी अभिव्यक्ति दिँदा त्यसको तीव्र विरोध भएको थियो र एमालेलाई मधेश विरोधी पार्टी चित्रित गरिएको थियो ।

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर चितवन पुगेका छन् ।

काठमाडौं, ९ मंसिर । नेकपा एमालेको दसौँ महाधिवेशनमा आतिथ्य ग्रहण गर्न भारतबाट विभिन्न पाँच दलका नेता आउने भएका छन् ।

काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गरेको छ । मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ ।

जनकपुरधाम, ९ मंसिर । प्रदेश २ सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको छ ।

काठमाडौं, ९ मंसिर । भारतीय सेनाले नेपाली सेनालाई वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान गरेको छ ।

काठमाडौं, ९ मंसिर । एमालेको प्रदेश २ का दुई नेताहरु रघुवीर महासेठ र प्रभु साह अध्यक्ष केपी ओली निकट हुन् । तर ती दुवै नेताहरु एमालेको १० औं महाधिवेशनमा सचिव पदका आकांक्षी देखिएका छन् ।

काठमाडौं, ९ मंसिर । पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई जनता समाजवादी पार्टी नेपालले केन्द्रीय सदस्यबाट हटाएको छ ।

जनकपुरधाम, ८ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेको सूर्य छापमा ग्रहण लागिसकेको बताएका छन् ।

काठमाडौं, ८ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाम, ८ मंसिर । विवाहपञ्चमी अगावै जनकपुर रेल्वेलाई सञ्चालन गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदर्शन गरेको छ ।

कैलाली, ८ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र बलियो भयो भने राष्ट्र पनि बलियो हुने र जनताले पहिचान र अधिकार पनि पाउने बताउनुहुँदै माओवादी केन्द्र कमजोर भए पाएको अधिकार पनि गुम्ने बताएका छन् ।

रुपन्देही, ८ मंसिर । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सकडमा ना.७ ख ९०६ नम्बरको बसले लु.२६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सप्तरी, ८ मंसिर । खडक नगरपालिका–८ भदैयाचोकमा वेबारिसे अवस्थामा रहेको करिब ९ लाख २४ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारको औषधिहरु प्रहरीले बरामद गरेको छ । 

बाँके, ८ मंसिर । खजुरा गाउँपालिका–५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहनालाई गाई काटीरहेको अवस्थामा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं, ७ मंसिर । कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ललितपुर, ७ मंसिर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको उद्घाटन गरेका छन् ।

ट्रेन्डिङ