जनकपुरधाम, ३ मंसिर । प्रदेश नं. २ को सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी हुने निश्चित भएको छ । एकीकृत समाजवादीलाई दुई मन्त्रालयसहित मुख्यमन्त्री मो.लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । 

बारा, ३ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रदेश नं. २ का संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश २ मा एकल बहुमतको सरकार बनाउने बताएका छन् ।

काठमाडौं, ३ मंसिर । योगगुरु बाबा रामदेवको पतञ्जली योगपीठको शुक्रबार टीभीको उद्घाटन भएको छ । मण्डिखाटारमा पतञ्जली नेपाल टीभी तथा आस्था नेपाल टिमी शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण सहभागी थिए ।

धनुषा, ३ मंसिर । विदेह नगरपालिका–७ बेलापट्टीस्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टर पल्टिँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

विराटनगर, ३ मंसिर । प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेको नोवेल अस्पतालले १४औं स्थापना दिवस मनाएको छ ।

काडमाडौं, २ मंसिर । भारतीय योग गुरु बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने तयारी गरेका छन् ।

जनकपुरधाम, २ मंसिर । प्रदेश २ का अधिकांश मन्त्रालयहरूमा सचिव नहुँदा कामकाज प्रभावित भएको छ । मन्त्रालयको प्रशासनिक तथा नीति निर्णयको लागि सचिव आवश्यक भए पनि महिनौँदेखि सचिवविहीन भएपछि प्रदेश सरकारकै कामकाज प्रभावित भएको हो ।

मोरङ, २ मंसिर । बुढीगंगा गाउँपालिका–६ बस्ने धनकुटा पाख्रीवास नगरपालिका–४ घर भएका २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

रुपन्देही, २ मंसिर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । 

मोरङ, २ मंसिर । डाँका मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय टंक नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट, १ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले दुई/चार जना लोभीपापी नेताका कारण ब्यानर मात्र परिवर्तन भएको बताएका छन् ।

नेपालगन्ज, १ मंसिर । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहका प्रभावशाली नेता पशुपति दयाल मिश्र नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

महोत्तरी, १ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली र नेकपा एमाले नै मधेशविरोधी रहेका आरोप लगाएका छन् ।

रौतहट, १ मंसिर । गौरस्थित जिल्लाको कारागारको शौचालनमा झुण्डिएको अवस्थामा एक कैदीको शव फेला परेको छ । 

कञ्चनपुर, १ मंसिर । भारतबाट नगद तथा अन्य सामान चोरीगरी नेपालमा लुकिछिपी बसेका दुई जनालाई सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १ फटैयाबाट पक्राउ गरेको छ । 

रुपन्देही, १ मंसिर । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुनलागेको बुटवलस्थित श्रीनहरपुर माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास भएको छ ।

सिरहा, १ मंसिर । जिल्लाको धनगढिमाई नगरपालिका–३ कुरुवास्थित चन्द्र कुमार राईको श्री पदमा इँटा भट्टाको कार्यालयमा आगलागी भएको छ ।

विराटनगर, १ मंसिर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री राईको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।

बाँके, १ मंसिर । नेपालगंज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, १ मंसिर । तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

जनकपुरधाम, १ मंसिर । कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ जना नेता कार्यकर्ताहरु धरौटीमा रिहा भएका छन् । उनीहरुलाई जनमतका अध्यक्ष डा.सीके राउतले अबिर र माला लगाएर स्वागत गरेका हुन् ।

रुपन्देही, १ मंसिर । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १९ लाख रुपैयाँ बराबरको कार बरामद गरेको छ ।

जनकपुरधाम, १ मंसिर । आन्तरिक विवादका कारण नेपाली कांग्रेसका धनुषामा ६ वटा वडामा अधिवेशन स्थगित भएको छ ।

मोरङ, ३० कार्तिक । पथरी शनिश्चरे नगरपालिका–२ जय चोकस्थित सडकमा बाग्मती प्रदेश–३–००१ ख २०० नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

जनकपुरधाम, ३० कार्तिक । प्रदेश नं. २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।

ट्रेन्डिङ