रौतहट, ७ मंसिर । चन्द्रपुर नगरपालिका–८ बैजनाथपुरस्थित सडकमा ना.५३ प ६११२ नम्बरको मोटरसाइकल र ना.४३ प ६२४३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सुनसरी, ७ मंसिर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका–१६ गैरीटोल बस्ने ५५ बर्षीय नविन गिरीलाई  प्रहरीले पक्राउ गरेको छ । 

कैलाली, ७ मंसिर । धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ७ ग्राम ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इमरान खान, कपिलवस्तु, ७ मंसिर । नेपाली कांग्रेसको १४औं संघीय महाधिवेशनमा कपिलवस्तु क्षेत्र नं.२ बाट साझा प्रयास अभियानका संयोजक एवं समाजसेवी रविन्द्र नाथ ठाकुर (समावेशी तर्फ) निर्विरोध निर्वाचित भएका छन् । 

कपिलवस्तु, ७ मंसिर । जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुका उपाध्यक्ष रामनिवास पुरीलाई धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आएको छ ।

महोत्तरी, ७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे तराईको जीवन रहेकोले यसको संरक्षण भए समग्र तराईको दिगो विकास हुने बताएकी छिन् ।

महोत्तरी, ६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं. २ को सरकारले सञ्चालन गरेको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमलाई राष्ट्रिय कार्यक्रमको रुपमा अगाडि बढाउनुपर्ने बताएकी छन् ।

महोत्तरी, ६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका नवनिर्मित रंगशालाको उद्घाटन रेकी छन् ।

जनकपुरधाम, ६ मंसिर । धनुषा जिल्लाको विदेह नगरपालिका–३ गोबराहीमा भएको निःशुल्क आँखा शिविरमा १५० जना बिरामीको जाँच गरिएको छ छ ।

काठमाडौं, ६ मंसिर । सत्तारुढ नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि गठन भएको आर्थिक समितिको सल्लाहकारमा वरिष्ठ उद्योगपति विनोद चौधरी मनोनयन भएका छन् ।

कपिलवस्तु, ६ मंसिर । केही महिना अगाडी जिल्लाका विभिन्न स्थानमा हैजा फैलिएपछि उक्त रोगको रोकथामका लागि हैजाविरुद्धको खोप अभियान आइतबारबाट सुरु गरिएको छ ।

काठमाडौं, ५ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल र भारतको साझा सांस्कृतिक सम्पदा र दुई देशबीचको मित्रतापूर्ण सम्बन्धबारे धारणा राखेका छन् ।

कपिलवस्तु, ५ मंसिर । महाराजगंज नगरपालिका–१ बस्ने २० वर्षीय राममिलन मुराउ बुद्धभूमि नगरपालिका–७ मानपुरस्थित माछा पोखरीमा मृत अवस्थामा फेला परेका छन् । 

रुपन्देही, ५ मंसिर । सैनामैना नगरपालिका–७ हरनैयाबाट ८ ग्राम ४ सय ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

मोरङ, ५ मंसिर । रंगेली नगरपालिका–१ बिशाल बजार चोकबाट करिब १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

जनकपुरधाम, ५ मंसिर । प्रदेश नं. २ सरकारका नवनियुक्त दुई जना मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

काठमाडौं, ५ मंसिर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा २०७८ मंसिर ७ देखि ९ गते (तदनुसार २३ देखि २५ नोभेम्बर, २०२१) सम्म संचालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

इमरान खान, कपिलवस्तु, ५ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कपिलवस्तु क्षेत्र नं.२ (ख) बाट नेपाली कांग्रेसको युवा नेता अनुप कुमार पाण्डेय लोकप्रिय मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । 

कपिलवस्तु, ५ मंसिर । जिल्लाको विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिका १२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ८० हजार रुपैयाँ बराबरको सिसौको काठ बरामद गरेको छ ।

रौतहट, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. २ माओवादीमय बन्दै गएको बताएका छन् ।

नवलपरासी, ४ मंसिर । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा भएको १० किलोमिटर दौड प्रतीयोगितामा पुरुष तर्फ गिरिलाल कोहार प्रथम भएका छन् । 

सिरहा, ४ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेशको अशिक्षा, बेरोजगारी र भ्रष्टाचारलाई अन्त्य गर्ने भिजन आफूहरुसँग मात्र रहेको दाबी गरेका छन् ।

रुपन्देही, ४ मंसिर । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं. ४ का सह–इन्चार्ज ओमप्रकाश यादव गुल्जारीले पार्टीबाट राजीनामा दिएका छन् । उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए ।

काठमाडौं, ४ मंसिर । छिमेकी मित्रराष्ट्र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।

जनकपुरधाम, ४ मंसिर । नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा सांसद रघुवीर महासेठका विरुद्धमा पार्टीकै नेता कार्यकर्ताहरु प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा एमालेका नेता/कार्यकर्ताले महासेठबिरुद्व नाराबाजी समेत गरेका छन् ।

ट्रेन्डिङ