जनकपुरधाम, २६ कार्तिक । छठ घाट बनाउने विषयमा हिन्दू र मुस्लिमबीच भएको भएको झगडाको मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले स्थलगत अनुगमन गरेका छन् ।

पर्सा, २६ कार्तिक । छिपहरमाई गाउँपालिका–५ भिष्वा बस्ने सत्रुधन तिवारीको घरमा बालेको घुरबाट आगलागी हुँदा पाँच वटा खसी जलेर मरेका छन् ।

रौतहट, २६ कार्तिक । गौर नगरपालिका–४ गढवा टोलस्थित गौर–चपुर सडकखण्डमा रोकी राखेको ना.६ ख ५९४३ नम्बरको ट्रकबाट १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २६ कार्तिक । पूर्वमन्त्री तथा तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले नेपालमा अदालत अब एक असफल राष्ट्रको असक्षम निकाय भएको टिप्पणी गरेका छन् ।

रुपन्देही, २६ कार्तिक । तिलोत्तमा नगरपालिका–१३ मडाहास्थित एक फर्निचरमा आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

कैलाली, २६ कार्तिक । बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।

इमरान खान, कपिलवस्तु, २६ कार्तिक । कपिलवस्तुका सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

काठमाडौं, २६ कार्तिक । नेपाली कांग्रेसको आधारभूमि मधेश हो । मधेशबाट मत ल्याएर मधेशीलाई नै दमन, शोषण र उत्पीडनको शिकार बनाउँदै आएको नेपाल कांग्रेस सही अर्थमा नश्लीय पार्टीको रूपमा आफूलाई उभ्याउँदै आएको छ ।

काठमाडौं, २६ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले छठ महापर्वपछि अब मधेशमा महाआन्दोलनको पालो आएको बताएका छन् ।

काठमाडौं, २५ कार्तिक । पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली आरम्भ भएको छ । पशुपतिनाथ मन्दिरका मूलभट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पवित्र पशुपतिनाथ मन्दिरबाट “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली” को बिहीबार संयुक्तरुपमा शुभारम्भ गरेका छन् ।

कपिलवस्तु, २५ कार्तिक । विशेषगरी तराईमा मनाइने छठ पर्व विभिन्न जिल्लामा बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ ।  

वीरगन्ज, २४ कार्तिक । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मधेश आन्दोलनका शहीद परिवारलाई छठ पुजा सामग्री प्रदान गरेका छन् ।

काठमाडौं, २४ कार्तिक । प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सम्मान गरिएको छ । 

काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

काठमाडौं, २४ कार्तिक । महापर्व छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छन् ।

काठमाडौं, २३ कार्तिक । पाँच दलीय गठबन्धन सरकारले तीन प्रदेशका प्रदेश प्रमुख फेरेर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ ।

सप्तरी, २३ कार्तिक । हिन्दूहरुको महान पर्व छठको अवसरमा प्रदेश नं. २ सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुहरुलाई पर्वका लागि साडी तथा सामग्री किनमेल गर्न रकम समेत वितरण गरेका छन् ।

वीरगन्ज, २३ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वीरगन्ज महानगर अध्यक्ष एवम् सामाजिक अभियन्ता ओम प्रकाश सर्राफले छठ व्रतालुहरुलाई साडी वितरण गरेका छन् ।

जनकपुरधाम, २३ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । 

सुनसरी, २३ कार्तिक । आफ्नै श्रीमती ३४ वर्षीया छुङ्कु मगर (राई) को कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, २३ कार्तिक । वीरगंज महानगरपालिका–८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २३ कार्तिक । नेपाल सरकारका पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री तथा विश्व शिखर सम्मेलनका विशेष दूत एकनाथ ढकालले विहारको पटना स्थित नालन्दा विश्वविद्यालयमा आयोजित “कोभिड पछिको विश्वव्यवस्था निर्माणमा धर्म धम्म परम्परा” विषयक तीन दिवसीय अन्तर्राष्ट्रिय  सम्मेलनलाई सम्बोधन गरेका छन् ।

काठमाडौं, २२ कार्तिक । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा चारदिने भारतको औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जाने भएका छन् ।

सर्लाही, २२ कार्तिक । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा नाकामा हुने अपराध, लागूऔषधको अवैध कारोबार लगायतका अपराध निर्मूल गर्नका लागि प्रहरी कर्मचारीहरुले विशेष प्राथमिकताका साथ आवश्यक कार्ययोजना तर्जुमा गरी काम गर्नुपर्ने बताएका छन् ।

रौतहट, २२ कार्तिक । बौधिमाई नगरपालिका–५ कोप्वास्थित सडकमा ना.६ त ७९७९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ट्रेन्डिङ