कपिलवस्तु, २२ कार्तिक । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी महाराजगन्ज नगरपालिका–८ बन्जरिया घर भएका ४३ वर्षीय भोला उपाध्याय भन्ने भोलानाथ उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु, २२ कार्तिक । आफ्नै श्रीमती ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त महाराजगंज नगरपालिका–११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई प्रहरीले पक्राउ गरेको छ । 

पर्सा, २२ कार्तिक । वीरगञ्ज महानगरपालिका–५  गणेशमान चोकको छेउमा पार्किङ गरी राखेको ना.४८प ५१०९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही महानगरपालिका–५ बस्ने २५ वर्षीय सोनालाल मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुुषा, २२ कार्तिक । सिरहा, धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरणको बिगबिगी बढेको छ ।

वीरगन्ज, २२ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तगर्त रु. २५ लाख छुट्याइएको बजेटबाट वीरगंज वडा नं. १६ इनर्वा टोलमा शिव मंन्दिर निर्माण गर्न सोमबार शिलान्यास गरिएको छ ।

कैलाली, २२ कार्तिक । जोशीपुर गाउँपालिका–५ सिमरास्थित बागमती ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको फलामको ड्रममा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

बाँके, २१ कार्तिक । नेपालगंज उपमहानगरपालिका–३ एकलाईनी बस्ने हारुन हलुवाईको हारुन श्रृंगार पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

सप्तरी, २१ कार्तिक । खडक नगरपालिका–३ बनरझुला बस्ने ३८ वर्षीया जैफुल खातुनको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

विराटनगर, २१ कार्तिक । मोरङ जिल्लाको विभिन्न छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ ।

बाँके, २१ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१३ बाबुगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी, २१ कार्तिक । सप्तरीको कंचनरुप न.पा. –०५ पिपरापुर्वमा नेपाली कांग्रेस र नेकपा एमालेका सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जनकपुरधाम, २१ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले दाइजो प्रथा सामाजिक कुरुती मात्र नभई सामाजिक अपराध समेत रहेको  बताएका छन् ।

बाँके, २० कार्तिक । बैजनाथ गाउँपालिका–६ बस्ने ७१ वर्षीय नन्दलाल घर्ती मगरको नालीमा डुबेर मृत्यु भएको छ ।

सर्लाही, २० कार्तिक । चक्रघट्टा गाउँपालिका–८ औरही बस्ने २१ वर्षीय अखलेश कुमार महतोको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

धनुषा, २० कार्तिक । नगराईन नगरपालिका–२ स्थित सडकबाट महोत्तरी बालुवा नगरपालिका–२ बस्ने ३० वर्षीय श्रवण कुमार साहलाई नियन्त्रित लागूऔषध ३२ पिस

बारा, २० कार्तिक ।  निजगढ नगरपालिका–३ सिगौलस्थित सिमल चौर खोलाबाट सोही ठाउँ बस्ने ६५ वर्षीय मंगल लाल पाख्रिनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ ।

कपिलबस्तु, २० कार्तिक । बाणगंगा नगरपालिका–२ लेखबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ३३ वर्षीय रमेश भट्टराई लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

अनिल गुप्ता, पर्सा, २० कार्तिक । पर्साको जगरनाथपुर गाँउपालिका वार्ड नं. ५ टोल मधुवाहामा राती अं.समय ७ बजेको समयमा मोहम्द सागीर आलमको घरमा सोही गाँउको केही ब्यक्तिहरु गुन्डा गर्दी शैलीमा निज आलमको घरमा गई दुई छोरा, श्रीमती लाई निर्घात कुटपिट गरेका छन् ।

शुभ दीपावली–२०७८, नेपाल संवत् ११४२ र छठ पर्वको पावन अवसरमा हाम्रा पाठकवर्ग, विज्ञापनदाता, बिक्रेता, शुभचिन्तक तथा समस्त नेपालीजनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

काठमाडौं, १७ कार्तिक । भारतीय बजारमा प्रतिस्पर्धी दरमा पहिलो पटक नेपालको विद्युत बिक्रीको अनुमति पाएकोप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले खुसी व्यक्त गरेको छ ।

नयाँ दिल्ली, १७ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले सन् २०७० सम्म नेट जिरो लक्ष्य हासिल गर्ने बताएका छन् ।

रौतहट, १७ कार्तिक । एमाले नेता तथा पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताएका छन्  ।

विराटनगर, १७ कार्तिक । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले अहिले पनि ठूलो हिस्साले वर्तमान संविधानको स्वामित्व लिन नसकेको बताएका छन् ।

भैरहवा, १७ कार्तिक । संघीय सांसद तथा नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशका संयोजक मेटमणी चौधरीले ओली पाटीका कारण मुलुक पछाडि परेको बताएका छन् ।

जनकपुरधाम, १७ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । पछिल्लोपटक खानेपानी तथा ढल निकासका

ट्रेन्डिङ