पर्सा, ३० कार्तिक । ठोरी गाउँपालिका वडा नम्बर ३ र ४ स्थित ११ बिघा खेतमा अवैध रूपमा लगाएको करिब २ लाख २० हजार गाँजाको बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
सिरहा, ३० कार्तिक । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्नुका साथै नगद तथा सरसामानसमेत लुटपाट गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।
काठमाडौं, ३० कार्तिक । प्रदेश नं. २ को बारा जिल्लामा उच्चस्तरीय शिक्षा तथा स्वास्थ्यका लागि दौड (म्याराथन) प्रतियोगिता हुने भएको छ ।
वीरगन्ज, ३० कार्तिक । पूर्वउपप्रधानमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले न्यायालयको गरिमा बचाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।
काठमाडौं, ३० कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ ।
काठमाडौं, २९ कार्तिक । बाराका विपद्पीडितहरुलाई नेपाल–भारत महिलामैत्री समाजले टेन्ट, त्रिपाल र म्याट्रेस वितरण गरेको छ ।
जनकपुरधाम, २९ कार्तिक । प्रदेश नं. २ को सरकारले सञ्चालन गरेको देशकै सबभन्दा बढी लोकप्रिय ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा भ्रष्टाचार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
जनकपुरधाम, २९ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा उत्पन्न भएको हिन्दू–मुस्लिम समुदायबीच विवाद समाधानका लागि सातबुँदे सहमति भएको छ ।
जनकपुरधाम, २९ कार्तिक । प्रदेश नं. २ को सरकारमा नेकपा (एकीकृत समाजवादी)लाई सहभागी गराउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको राजीनामा माग गरिएको छ ।
कैलाली, २९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीको २५ सदस्यीय प्रदेशसमिति चयन भएको छ ।
रौतहट, २९ कार्तिक । देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ ।
कैलाली, २९ कार्तिक । धनगढी उपमहानरपालिका–६ जाली बस्ने १६ वर्षीय सन्तोष बुढामगरको करेन्ट लागेर मृत्यु भएको छ ।
रुपन्देही, २९ कार्तिक । तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित सडकमा रोकी राखेको लु.२ त ९७९९ नम्बरको ट्क्याटरमा लु.३३ प ७६१५ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं, २९ कार्तिक । गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५०,००० घरको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएससँग सहकार्य गर्दै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको थियो ।
जनकपुरधाम, २९ कार्तिक । सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ ।
पर्सा, २९ कार्तिक । नेपाल र भारतबाट हुने गरेको चोरी पैठारी नियन्त्रणका लागी खटिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीको टोलीले एक महिना नबित्दै करिब १० करोड बराबरको मालसमान पक्राउ गर्न सफल भएको जनाइएको छ ।
जनकपुरधाम, २८ कार्तिक । छठ पर्वको विषयमा देवपुरा रुपैठामा हुँदै आएको विवाद वार्ता र सम्वाद्मार्फत् समाधान गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अपिल गरेका छन् ।
काठमाडौं, २८ कार्तिक । राष्ट्रिय राजनीतिमा रूपान्तरणकारी हस्तक्षेप गर्न सक्ने बृहत्तर वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकीकरण हुने भएको छ।
बाँके, २८ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१८ भाटभटेनीस्थित सडकमा भे.९ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मोरङ, २८ कार्तिक । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–१५ रानीबस्ती बस्ने ३५ वर्षीया सुशीला देवी साहलाई प्रहरीले पक्राउ गरेको छ ।
वन बेल्ट वन रोडअन्तर्गत दमक क्लिन पार्क प्रदेश नं १ को झापामा नेपाल कम्युनिष्ट पार्टीको सरकार भएको बेला आएको चिनियाँ परियोजना हो, जुन निर्माणाधीन रहेको छ ।
काठमाडौं, २७ कात्तिक । मित्रराष्ट्र भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक पुरस्कृत भएका छन् ।
काठमाडौं, २७ कार्तिक । मुलुकमा छरिएर रहेका लगानीकर्ताहरुसंग रहेको पूँजी निर्माणलाई संगठित बनाउँदै लैजाने र वास्तविक क्षेत्रका निर्यातमूलक वा आयात प्रतिस्थापनमूलक उद्यमहरुको संजाल बनाउँदै लैजाने उद्देश्यका साथ संचालित “जनउन्नतिका लागि लगानीकर्ताहरु” अभियान सुरु भएको छ ।
काठमाडौं, २७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजिनामा/बर्हिगमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।