काठमाडौं, १६ कार्तिक । बेलाय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
विराटनगर, १६ कार्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् ।
रौतहट, १६ कार्तिक । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।
काठमाडौं, १६ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन् ।
नेपालगन्ज, १६ कार्तिक । कोरोना भाइरस (कोभिड-१९)बाट पोजेटिभ भएका व्यक्तिलाई बीमा रकम दिनुपर्ने मागसहित उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट निवेदन दायर गरिएको छ ।
काठमाडौं, १६ कार्तिक । झण्डै एक दशकअघि ५ जनाको ज्यान जानेगरी भएको जनकपुर बमकाण्ड मुद्दाको फैसलामा मुख्य योजनाकार भनिएका संजय कुमार साह (टकला)ले पुनः राहत पाएका छन् ।
बाँके, १६ कार्तिक । भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ ।
बाँके, १६ कार्तिक । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ ।
चितवन, १६ कार्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अध्यक्ष केपी शर्मा ओली बाँचुञ्जेल आफूले साथ दिने बताएका छन् ।
विराटनगर, १५ कार्तिक । नेपाली कांग्रेसी नेतृ सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
काडमाडौं, १५ कार्तिक । आयुर्वेद दिवसको अवसरमा काठमाडौंमा आरोग्य सप्ताहको आयोजना गरिएको छ । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।
लहान, १५ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाम, १५ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयमा देखिएको विवादबारे राजनीतिक दलहरूले छलफल गर्नुपर्ने बताएका छन् ।
जनकपुरधाम, १५ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
बुटबल, १५ कार्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँको मूर्ति स्थापना गरिएको छ । बुद्धको उक्त मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएको हो ।
भैरहवा, १४ कार्तिक । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतम बुद्धले प्रदान गर्नुभएको दर्शन र शान्तिको सन्देश अहिले झन् बढी सान्दर्भिक बन्दै गएको बताएका छन् ।
रौतहट, १४ कार्तिक । चन्द्रपुर नगरपालिका–१ पौराई पुलस्थित सडकमा प्रदेश २ –०३–००६ प ४०१३ नम्बरको मोटरसाइकललाई ना.६ त ४७३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
कैलाली, १४ कार्तिक । लम्कीचुहा नगरपालिका–१ राजीपुरबाट २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिल शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बाँके, १४ कार्तिक । रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी बाँके बैजनाथ गाउँपालिका–६ बस्ने ४२ वर्षीय नर बहादुर वलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १४ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाका स्थानीय जनप्रतिनिधिहरुले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् ।
इमरान खान, कपिलवस्तु, १४ कार्तिक । जनता समाजवादी पार्टी नेपालले कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकामा स्वगत, सम्मान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
बर्दिया, १४ कार्तिक । अफगानिस्तान, बंगलादेश, पाकिस्तान लगायत देशबाट आउने नागरिकहरू अवैध रुपमा नेपालमा प्रवेश गर्न थालेपछि भारतले नेपाल–भारत सीमाक्षेत्रमा कडाइ गर्न थालेको छ ।
काठमाडौं, १४ कार्तिक । प्रदेशसभाका महिला सांसद्हरुले सदनमा राखेका आफ्ना कुराको सुनुवाई नहुने गरेको बताएका छन् ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, १४ कार्तिक । बुद्धस्थल लुम्बिनी क्षेत्रका कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिका र स्पेन सरकारको काथेरेस नगरपालिका, काथेरेस प्रादेशिक सरकार संस्कृति पर्यटन नथा खेलकुद मन्त्रालयबीच प्राचीन तिलौराकोट दरवार क्षेत्रमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।