धनुषा, ७ कार्तिक । धनुषाधाम नगरपालिका–४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको अभियोगमा लक्ष्मिनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय शुशिल मलिक

काठमाडौं, ७ कार्तिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आर–पार आन्दालनको तयारीमा जुटेको छ । आर–पार आन्दोलनका जनमत पार्टीले वडा–वडामा युवा दस्तालाई प्रशिक्षण दिन लागेको हो ।

जनकपुरधाम, ६ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

जनकपुरधाम, ६ कार्तिक । प्रदेश नं. २ मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गरेका छन् ।

राजविराज, ६ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राजविराजमा दिपावली, छठ एवं समाचकेवाको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

रुपन्देही, ६ कार्तिक । तिलोत्तमा नगरपालिका–२ स्थित सिताराईस मिल नजिक सडकमा लु.३० प ४२६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

काठमाडौं, ६ कार्तिक । बंग्लादेशमा रहेका मुस्लिम समाजद्वारा नवमीको दिन हिन्दू समाज एवं पूजापाठ भइरहेको स्थलमाथि गरेको ज्यादतीविरुद्ध हिन्दू परिषद नेपालले प्रदर्शन गरेको छ ।

काठमाडौं, ५ कार्तिक । आईटी आर्मीले कृषि बीमा लागू गर्न र अन्नदाता किसानलाई पेन्सनको व्यवस्था गर्न तथा बेमौसमी वर्षाले पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

रौतहट, ५ कार्तिक । अवैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका–१ बस्ने दलित जनजाति उत्थान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाललाई

काठमाडौं, ५ कार्तिक । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमा पार रेलमार्ग भारतले एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

जनकपुरधाम, ५ कार्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जयनगर–जनकपुर रेल सेवा अविलम्ब सञ्चालनका लागि पहल गर्ने बताएकी छन् ।

जनकपुरधाम, ५ कार्तिक । खानेपानी कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई अर्धनग्न रुपमा नगर घुमाउने सिके राउत नेतृत्वको जनमत पार्टीका १७ जना कार्यकर्तामाथि मुद्दा चलाइएको छ ।

काठमाडौं, ५ कार्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घटन गरेका छन् ।

जनकपुरधाम, ५ कार्तिक । प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई दिनको वर्षाबाट प्रदेश २ मा कृषि क्षेत्रमा भएको क्षतिको संकलन थालेको छ ।

वीरगञ्ज, ४ कार्तिक । हिन्दू युवाले पर्साको वीरगञ्जमा बंगलादेशविरुद्ध प्रदर्शन गरेका छन् । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा बुधबार वीरगञ्जमा प्रदर्शन भएको हो ।

रुपन्देही, ४ कार्तिक । एमाले संसदीय दल लुम्बिनीले गठबन्धन सरकारले बहुवर्षीय योजनाका धेरै बजेट कटौती गरेकोमा आपत्ति जनाएको छ ।

कैलाली, ४ कार्तिक । कैलालीको टीकापुरको खक्रौला नाका खुलेपछि सर्वसाधारणको आउजाउ बढ्न थालेको छ । कोरोनाका कारण खक्रौला नाका बन्द थियो ।

नेपालगञ्ज, ४ कार्तिक । नेपालगञ्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले तत्काल कर्मचारीको तलब बढाउन नसकिने बताएका छन् ।

विराटनगर, ४ कार्तिक । बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश १ सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सर्लाही, ४ कार्तिक । अर्थमन्त्री जनार्दन शर्माले सरकार बाढी, पहिरो र डुबान प्रभावितको व्यवस्थापनमा जुटिसकेको बताएका छन् ।

जनकपुरधाम, ४ कार्तिक । डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर घुमाएका छन् ।

राजविराज, ४ कार्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले  सप्तरीमा निर्माणाधीन अधुरो सडकहरूलाई एक महिनाभित्र पूर्णता दिन निर्देशन दिएकी छन् ।

कपिलबस्तु, ४ कार्तिक । कपिलबस्तु जिल्लाको बुद्धभुमि नगरपालिका १० ढडिहवा स्थित घोराही खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

काठमाडौं, ४ कार्तिक । बेमौसमी वर्षाका कारण किसानहरुमा परेको पीडा र मारमा सबै नेपालीले सक्दो सहयोग गर्न प्रदेश नं. २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले आग्रह गरेका छन् ।

काठमाडौं, ३ कार्तिक । अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ ।

ट्रेन्डिङ