वीरगन्ज, २२ असोज । वीरगन्जमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीको झण्डा जलाइएको छ ।

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दलीय गठबन्धनको सरकार ८८औं दिनमा पूर्णता पाएको छ ।

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले ८८औं दिनमा पूर्णता पाएको छ । पाँच दलीय गठबन्धनको सरकारले पूर्णता पाएको हो ।

भैरहवा, २२ असोज । देश परिवर्तनका लागि पत्रकारिता अपरिहार्य रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन् ।

कैलाली, २२ असोज । टिकापुर नगरपालिका–४ बाघमारा बस्ने ४५ वर्षीय लिखराम चौधरीको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।

रुपन्देही, २२ असोज । सैनामैना नगरपालिका–७ रामबस्ती टोल बस्ने २५ वर्षीय भिकु चौधरी थारुको पुलबार खसेर मृत्यु भएको छ ।  

सुनसरी, २२ असोज । कोशी गाउँपालिका–७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

महान पर्व विजया दशमी घर घर भित्रिइसकेको छ । नवदुर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दू धर्मावलम्बीहरुले दशैंलाई घर घर भित्रयाइसकेका छन् ।

काठमाडौं, २२ असोज । भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

महोत्तरी, २२ असोज । जिल्लाको मटिहानी नगरपालिकामा बडा दशैंको शुभ अवसरमा देशमा शान्ति एवं मानव कल्याणको कामना गर्दै बिहीबार शान्ति शोभा कलश यात्राको आयोजना गर्यो ।

विराटनगर, २१ असोज । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसलाई बलियो बनाउन प्रतिशोधको भावना त्याग्न आग्रह गरेका छन् ।

धनगढी, २१ असोज । कैलालीमा कार्यरत् चिकित्सक र स्वास्थ्यकर्मीसहित २४ जना राष्ट्र सेवक कर्मचारीलाई एक संस्थाले सम्मान गरेको छ ।

वीरगञ्ज, २१ असोज । वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुले नेपाल राष्ट्रिय बंगाली समाज गठन गरेका छन् ।

बाँके, २१ असोज । ६६औं प्रहरी दिवसका अवसरमा बाँकेका २६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

कपिलवस्तु, २१ असोज । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोपबाट दुई जनाको मृत्यु भएको छ । यस्तै एक सयभन्दा धेरै विरामी परेका छन् ।

धनगढी, २१ असोज । धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन सुरु भएको छ ।

रौतहट, २१ असोज । कोभिड–१९ का कारण झण्डै डेढ वर्ष अघिदेखि बन्द रहेको गौर नाका बुधबारबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ । एक साताअघि नेपाल सरकारले सीमा क्षेत्रको नाका खुला गर्ने निर्णय गरेको थियो । 

रौतहट, २१ असोज । डिभिजन वन कार्यालय रौतहटले चुरे क्षेत्रमा अतिक्रमण रोक्न पहिलो चरणमा अतिक्रमणकारीले लगाएको तारबार हटाउने अभियान थालेको छ ।

पर्सा, २१ असोज । एसिड पीडित मुस्कान खातुनको उपचारका लागि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।

वीरगन्ज, २१ असोज । राष्ट्रिय जनमोर्चाले वीरगन्जको घण्टाघर चोकमा संघीयताको खारेजीको माग गरेको छ ।

विराटनगर, २१ असोज । नेकपा माओवादी केन्द्र प्रदेश १ प्रदेश समितिले प्रदेशमा जिल्ला सहइन्चार्ज, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ ।

विराटनगर, २१ असोज । सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ ।

सर्लाही, २१ असोज । प्रहरीसँगको मुठभेटमा मृत्यु भएका भनिएका नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’ का नेता कुमार पौडेलको घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरिएको छ ।

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा एक टोली बिहीबार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।

जनकपुरधाम, २० असोज । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले दुई तिहाइभन्दा बढी विश्वासको मत प्राप्त गरेका छन् ।

ट्रेन्डिङ