काठमाडौं, २० असोज । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महोत्तरीको बर्दिवासस्थित कार्यालय घेराउ गरेको छ ।

काठमाडौं, २० असोज । परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

काठमाडौं, २० असोज । भारतसँग खरिद गरिएको १० लाख डोज कोभिसिल्ड खोप आगामी शनिबारसम्म नेपाल आइपुग्ने भएको छ ।

जनकपुरधाम, २० असोज । प्रदेश नं. २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

काठमाडौं, २० असोज । २२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ ।

जनकपुरधाम, २० असोज । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको लागि खरिद गरेको साइकल सार्वजनिक खरिद ऐन अनुसार नियमसंगत रहेको प्रष्ट पारेका छन् ।

जनकपुरधाम, २० असोज । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शान्ति सुरक्षाको सवालमा नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

काठमाडौं, २० असोज । प्रदेश २ का सात वटा स्थानीय तहमा विपद् पोर्टल सञ्चालनको काम पूरा भएको छ ।

जनकपुरधाम, १९ असोज । प्रदेश २ का प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु नेतृत्वको सरकार अवैधानिक रहेको दाबी गरेका छन् ।

कपिलवस्तु, १९ असोज । ६६औँ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सोही कार्यालयको प्राङ्गणमा एकदिने बृहत रक्तदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

जनकपुरधाम, १९ असोज । प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।

रौतहट, १९ असोज । विगत डेढ वर्षदेखि बन्द रहेको रौतहटको नेपाल–भारत सीमा नाका चाडपर्वको मुखमा पनि खुलेको छैन । सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि रौतहटको सीमा नाकामा सवारी आवागमन हुन सकेको छैन ।

काठमाडौं, १९ असोज । बलिउड निर्देशक सुरज बडजात्याको निर्देशनमा बन्न लागेको ‘उचाई’ चलचित्रको छायाँकनका लागि नेपाल आएका अनुपम खेरसहितले मंगलबार पशुपतिनाथको दर्शन गरेका छन् ।

जनकपुरधाम, १८ असोज । जनकपुरधाममा लोकतान्त्रिक युवा संघ धनुषाले चीनविरुद्ध प्रदर्शन गरेका छन् ।

जनकपुरधाम, १८ असोज । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीयतालाई धरापमा पार्न विभिन्न तत्वहरुले चलखेल गरिरहेको बताएका छन् ।

काठमाडौं, १८ असोज । प्रदेश २ को प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको राजीनामा माग्ने तयारी गरेको छ ।

जनकपुरधाम, १८ असोज । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

काठमाडौं, १८ असोज । गैरसामाजिक संस्था सम्पर्क भारत नेपालले भारतको काशी– प्रवासमा रहेका नेपालीहरूको सम्झनामा ‘काशीको सम्झना‘ नामक कार्यक्रम गर्ने भएको छ ।

सप्तरी, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् ।

कैलाली, १८ असोज । विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, १८ असोज । शुद्धोधन गाउँपालिका–३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंज बस्ने १८

कपिलवस्तु, १८ असोज । कृष्णनगर नगरपालिका–२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँसहित बुद्धभूमि नगरपालिका–९ धमौली बस्ने २२ वर्षीय जिवन प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १७ असोज । भारतको पिथौरागढमा सञ्चालित एक्स सूर्य किरण पन्ध्रौँ समूहको नेपाल–भारत गुणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ ।

काठमाडौं, १७ असोज । भारतले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै आउने भएको छ ।

वीरगन्ज, १७ असोज । मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगन्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ ।

ट्रेन्डिङ